मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

गुजरातमा भाजपाको ऐतिहासिक जित हासिल

Himali Patrika 1 मिनेट पढाइ

२३ मंसिर, काठमाडौं । भारतको गुजरात विधानसभामा भारतीय जनता पार्टी (भाजपा)ले ऐतिहासिक जित हासिल गरेको छ । तर हिमाचल विधानसभामा भने कांग्रेसले बहुमत पाएको छ भने भाजपाले सत्ता गुमाएको छ ।

१८२ सिट रहेको गुजरात विधानसभामा भाजपाले १५६ सिट जितेको छ । यस्तै कांग्रेसले १७ र आम आदमी पार्टी (आप)ले ५ सिट जितेका छन् । भाजपाको यो जित गुजरातमा हालसम्मकै धेरै सिट जितेको रेकर्ड हो ।

यसअघि सन् १९८५ मा भएको सातौं विधानसभामा निर्वाचनमा कांग्रेसले १४९ सिट जितेर सबैभन्दा धेरै सिट जितेको रेकर्ड राखेको थियो । त्यतिबेला भाजपाले केबल ११ सिट मात्र जितेको थियो । यसपटकको निर्वाचनमा भने भाजपाले रेकर्ड तोड्न सफल भएको छ । सन् २००२ मा भाजपाले गुजरात विधानसभामा १२७ सिट जितेको थियो ।

सन् २०१७ को गुजरात विधानसभा निर्वाचनमा भाजपाले ९९ र कांग्रेसले ७७ सिट जितेका थिए ।हिमाचल प्रदेशको विधानसभामा भने कांग्रेसले बहुमत पाएको छ । यहाँ कांग्रेसले ४० सिट जित्दा भाजपाले २५ सिट जितेको छ । आम आदमी पार्टीले एक सिट पनि जित्न सकेन ।

२०१७ को हिमाचल विधानसभा चुनावमा भाजपाले ४४ सिट जित्दा कांग्रेसले २१ सिट जितेको थियो । यसपटक भने भाजपाले हिमाचलको सत्ता गुमाएको छ । एक साता अघि गुजरात र हिमाचल प्रदेशमा विधानसभा निर्वाचन भएको थियो । उक्त निर्वाचनको सबै परिणाम बिहीबार सार्वजनिक भइसकेको छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।