मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 6 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

चीनको बेइजिङमा चालकविहीन ट्याक्सी सञ्चालनको अनुमति

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै । चीनको बेइजिङमा स्वचालित ट्याक्सी चलाउन अनुमति दिइएको छ । बेइजिङको दक्षिणपूर्वी भेग यीझुआङको ६० वर्ग किलोमिटर क्षेत्रमा रोबोट्याक्सी भनिने चालकविहीन कार चलाउन सरकारी अनुमति प्राप्त भएको बीबीसीले जनाएको छ ।

अहिलेलाई परीक्षणका रूपमा अनुमति दिइएको र सफल भएमा यस्ता ट्याक्सीको सङ्ख्या बढाउने बेइजिङका सरकारी अधिकारीहरूले बताएका छन् । एक सय वटा कार सडकमा गुड्न थालेका र अहिले सात सयभन्दा बढी ठाउँबाट यात्रुले सेवा पाउने बीबीसीले जनाएको छ ।

एउटा कारले एक पटकमा दुई जनासम्म यात्रु बोक्न सक्छ । कारको मनिटरमा जडान गरिएका विशेष उपकरण र सेन्सरहरूले वरिपरिकाे वातारण, अरू सवारीसाधन र पैदलयात्रु बारेमा थाहा पाउनेछन् ।

परीक्षणकाल भरका लागि ट्याक्सी अनुगमनका लागि एक जना सुपरभाइजर राख्ने र पछि पूर्णरूपमा चालकविहीन हुने बीबीसीले जनाएको छ । कतिपयले सडकको जटिल अवस्थाका कारण सुरक्षा चुनौती हुने बताएका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।