मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

विश्वकपको सेमिफाइनल अघि मोरक्कोको विमानले दोहाका लागि ३० उडान थप्ने

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । ऐतिहासिक रुपमा फिफा विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्को टिमलाई समर्थन गर्न मोरक्कोको राष्ट्रिय ध्वजाबाहक रोएल एयर मोरक्कले दोहाका लागि ३० उडान थप्ने भएको छ ।

मोरक्कोले फाइनल प्रवेशका लागि बुधबारराति साविक विजेता फ्रान्सको सामना गर्दैछ । जारी विश्वकपमा एकमात्र अपराजित टिम मोरक्कोले सेमिफाइनलमा पुग्न पोर्चुगललाई पराजित गरेको थियो ।

आफ्ना समर्थकलाई दोहा पुर्‍याउन मोरक्कोले बुधबार ३० वटा उडान सञ्चालन गर्ने सोमबार जारी वक्तव्यमा उल्लेख छ । यो मोरक्कोमात्र होइन समग्र अफ्रिका महादेशकै लागि खुसीको क्षण थियो, जतिबेला मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देश बन्यो ।

खर्चिलो हवाई यात्राका बाबजुद हजारौंको संख्याका मोरक्कन समर्थकहरु आफ्नो टिमको हौसला बढाउन कतार पुगिरहेका छन् । विश्वकप अन्तिम १६ अन्तर्गत स्पेनविरुद्ध ४४ हजार दर्शक क्षमताको रंगशालामा झण्डै आधा संख्याका मोरक्को समर्थक थिए

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।