मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

ईरानकी चर्चित नायिका तरानेह अलिदोस्ती पक्राउ

Himali Patrika 1 मिनेट पढाइ

बग्दात ।  इरानमा प्रदर्शनकारीलाई समर्थन गरेको आरोपमा चर्चित अभिनेत्री तरानेह अलिदोस्ती पक्राउ परेकी छन् । ईरानको सरकारी सञ्चारमाध्यम इर्नाका अनुसार तरानेहलाई प्रदर्शनका सम्बन्धमा ‘झुट फैलाएको’ आरोपमा पक्राउ गरिएको हो।

गत हप्ता, तरानेह अलिदोस्तीले हिजाब विरुद्धको विरोधको समर्थनमा उनको इन्स्टाग्राममा पोस्ट गरेकी थिइन्। उनले इन्स्टाग्राममा हिजाब बिनाको आफ्नो तस्बिर राखेर आन्दोलनमा संलग्न भएको भन्दै मोहसेन शेकरी नामका व्यक्तिलाई दिइएको मृत्युदण्डको पनि आलोचना गरेकी थिइन्।

मोहसेन शेखरीलाई ‘दंगा’ गरेको आरोपमा फाँसी दिइएको थियो । मोहसेनले सेप्टेम्बरमा राजधानी तेहरानमा एउटा मुख्य सडक अवरुद्ध गरेर एक अर्धसैनिक सिपाहीलाई घाइते बनाए।

३८ वर्षीया तरानेह अलिदोस्ती ओस्कार विजेता फिल्म ‘द सेल्सम्यान’ मा उनको भूमिकाका लागि चर्चित छिन् । आफ्नो पोस्टमा उनले मोहसेन शेखारीको सजायको विरुद्धमा केही नबोलेको भन्दै केही अन्तर्राष्ट्रिय संस्थालाई पनि निशाना बनाएकी थिइन्।

उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘उनको नाम मोहसेन शेकरी हो। यो रक्तपात देखेर कुनै कारबाही नगर्ने हरेक अन्तर्राष्ट्रिय संस्थाले मानवतालाई कलंकित गर्न लागेको छ ।’

एर्नाको टेलिग्राम अकाउन्टमा भएको पोष्टका अनुसार तरानेहले आफ्नो दाबीको सम्बन्धमा कुनै कागजात उपलब्ध गराउन नसकेको कारण पक्राउ गरिएको हो। तरानेहको ८० लाख फलोअर्स भएको इन्स्टाग्राम अकाउन्टमा प्रतिबन्ध लगाइएको छ ।

इरानमा मोरालिटी प्रहरीको हिरासतमा महसा अमिनीको मृत्यु भएपछि महिला अधिकारका लागि हिंसात्मक प्रदर्शन भइरहेको छ । अभिनेत्री तरानेह आन्दोलन सुरु भएदेखि नै सरकारको कडा आलोचक हुन्। बीबीसी

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।