मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

दीपिका पादुकोणले किन गरिन् विश्वकप ट्रफी अनावरण ?

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । आइतबार राति कतारमा सम्पन्न फिफा विश्वकप फुटबलको फाइनल खेलमा बलिउड स्टारहरु पनि चम्किए । कतारको लुसैल रंगशालामा दीपिका पादुकोणदेखि नोरा फतेहीसम्म आकर्षणको केन्द्र बने ।

विश्व फेसन ब्राण्ड लुइस भिटनकी व्यावसायिक दूत समेत रहेकी दीपिकाले विश्वकपको चम्किलो ट्रफी अनावरण गरिन् । अर्जेन्टिना र फ्रान्सबीचको खेल हेर्न दीपिकाका पति तथा अभिनेता रणवीर सिंह पनि दोहा पुगेका थिए ।

दीपिका अभिनित फिल्म ‘पठान’ को-स्टार शाहरुख खानले पनि विश्वकपको प्रत्यक्ष प्रसारणको क्रममा टीभी स्टुडियोबाटै फिल्मको प्रमोसन गरे । स्पोर्टस्-१८ च्यानलमा उनी खेलाडी वाइन रुनीसँगै प्रस्तुत थिए ।

शाहरुखले उक्त टीभी प्रसारणमा पठानमा आफ्नो भूमिका एक चर्चित फुटबल खेलाडीको रुपमा रहेको बताए । फिफा समापनमा बलिउड अभिनेत्री नोरा फतेहीले ‘लाइट द स्काइ’लाई हिन्दीमा गाउँदै मनोरञ्जन प्रदान गरिन् । अन्य बलिउड कलाकारले पनि विश्वकप फाइनल खेललाई लिएर उत्साह व्यक्त गरे ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।