मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

विश्वकप हारेपछि फ्रान्समा कालारंगका खेलाडीमाथि विवेद सुरु

Himali Patrika 1 मिनेट पढाइ

कतारमा भर्खरै मात्र सम्पन्न २२ औं संस्करणको फिफा विश्वकप २०२२ को फाइनल खेलमा पराजित भएपछि आफ्ना खेलाडीहरुमाथि रंगभेदको क्रियाकलाप भएको भन्दै फ्रान्स फुटबल संघ (एफएफएफ) त्यस्ता गतिविधिप्रति विरोध जनाएको छ ।

विश्वकपको फाइनलमा पराजित भएपछि आफ्ना केहि खेलाडीमाथि सामाजिक संजालमार्फत रंगभेदी र्दुव्यहार भएको भन्दै एफएफएफले त्यस्तो गतिविधिप्रति विरोध जनाएको हो ।

लुसेल स्टेडियममा भएको फाइनलमा पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित हुँदै फ्रान्सले नतिजा अर्जेन्टिनालाई सुम्पिएको थियो । निर्धारित र एक्स्ट्रा समयको खेल ३-३ बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

अर्जेन्टिनाबिरुद्धको फाइनलका क्रममा फ्रेन्च फरवार्ड किङस्ली कोमान र मिडफिल्डर औरेलियन चौमेनीले पेनाल्टीमा गोल गर्न असफल भएका थिए ।त्यसपछि उनीहरुलाई लक्षित गरेर दुर्व्यवहार गरिएको समाचारहरु प्रकाशित भएका थिए । एफएफएफले खेलाडीमाथि दुर्व्यवहार गर्नेहरुबिरुद्ध मुद्दा दर्ता गर्ने तयारी समेत गरेको जनाएको छ।

एफएफएफले बुधबार ट्वीट गरेको छ, ‘विश्वकप फाइनलपछि फ्रान्सका केही खेलाडीमाथि सामाजिक सञ्जालमा रंगभेदी आरोपसहित घृणित टिप्पणीहरु भएको छ । जुन नितान्त अस्विाकार्य रहेको छ । एफएफएफ त्यसको निन्दा गर्छ र त्यस्तो लेख्नेमाथि उजुरी दायर गर्नेछ ।’

फ्रान्सका फरवार्ड किङ्स्ले कोमान र मिडफिल्डर अरेलियन टचोमेनीमाथि रंगभेदी टिप्पणी भएको थियो । कङ्स्लेको पेनाल्टी अर्जेन्टिनी गोलकिपर इमिलियानोले बचाएका थिए भने टचोमेनीको बल पोष्ट बाहिर गएको थियो । जसका कारण डिफेन्डिङ च्याम्पियन फ्रान्सले विश्वकपको उपाधि गुमाएको थियो ।

कोमानको क्लब बायर्न म्युनिखले पनि २६ वर्षीय खेलाडीको समर्थन गर्दै सामाजिक सञ्जाल फेसबुकमा रंगभेदी व्यवहारको निन्दा गरेको थियो । फेसबुक पोष्टमा लेखिएको छ, ‘बायर्न म्युनिख हाम्रा खेलाडी किङस्ले कोमानमाथि भएको रंगभेदी आरोपको निन्दा गर्छ । टिम तिमीसँगै छ, किङ (राजा) रंगभेदी कुराले खेलकुद र समाजमा कुनै पनि स्थान राख्दैन ।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।