मुख्य सामग्रीमा जानुहोस्
Saturday, 17 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

चीनमा कोरोना संक्रमण तिब्ररुपले बढ्न थाल्यो, डब्लुएचओद्वारा चिन्ता व्यक्त

Himali Patrika 1 मिनेट पढाइ

बेइजिङ । विश्व स्वास्थ्य संगठनले चीनमा कोभिड–१९ को नयाँ लहरले अस्पतालहरू बिरामीले भरिएको बताएको छ । डब्ल्यूएचओका आपतकालीन प्रमुख डा. माइकल रायनले अधिकारीहरूले बिरामीको सङ्ख्या कम रिपोर्ट गर्दै आए पनि सघन उपचार कक्ष (आईसीयू) भरिएको बताए।

चीनको तथ्यांकले बुधबार कोरोनाबाट कसैको मृत्यु नभएको देखाएको बताए पनि यसमा शंका भएको उनको भनाइ छ।चीनमा कोरोना महामारी बढेसँगै राजधानी बेइजिङ र अन्य सहरका अस्पतालमा पछिल्लो समय बिरामीको संख्या बढेको छ ।सन् २०२० देखि चीनले तथाकथित शून्य कोभिड नीति अन्तर्गत विभिन्न प्रतिबन्धहरू लगाएको छ।

उक्त नीतिको अर्थतन्त्रमा परेको दुष्प्रभावलाई आधार मानेर सरकारले दुई साताअघि केही नियमलाई खुकुलो पारेको छ ।त्यसयता कोरोना संक्रमितको संख्या बढेको छ । यससँगै वृद्धवृद्धामा मृत्यु हुनेको संख्या बढ्ने डर पनि उत्पन्न भएको छ ।चीनको आधिकारिक तथ्यांक अनुसार मंगलबार पाँच र सोमबार दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

डा रायनले चीनलाई कोरोना महामारीको वर्तमान अवस्थाबारे जानकारी दिन आग्रह गरेका छन् ।उनले भने, ‘चीनमा आईसीयूमा बिरामीको संख्या निकै कम रहेको बताइए पनि यथार्थमा आईसीयू भरिँदै गएको छ । सार्वजनिक स्वास्थ्य र सामाजिक दूरीले मात्रै यो अत्यधिक संक्रामक भाइरसलाई पूर्ण रूपमा रोक्न धेरै गाह्रो हुने हामीले भन्दै आएका छौं।’ डा. रायनले जेनेभामा भने, ‘कोरोनाविरुद्धको खोप नै यसबाट बच्ने उपाय हुन सक्छ।’ बीबीसी

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।