अमेरिका-चीन विवाद उग्र, अमेरिकी अधिकारीमाथि चीनको प्रतिबन्ध

अमेरिका-चीन विवाद उग्र, अमेरिकी अधिकारीमाथि चीनको प्रतिबन्ध

बेइजिङ । चीन सरकारले चार अमेरिकी सरकारका अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ। चीनको सिन्जियाङ प्रान्तका उइघुरको मुद्दा देखाउँदै प्रतिशोधस्वरुप सरकारले ती अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो।

संयुक्त राज्य अमेरिका सरकारका अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगकी अध्यक्ष नादिन मेइनजा, सचिव नुरी टर्केल, अनुरिमा भार्गेभा र जेम्स कारविरुद्ध सरकारले प्रतिबन्ध लगाएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सो जानकारी दिएका हुन्।

चीनले मंगलबार प्रतिशोधस्वरुप अमेरिकी सरकारका अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो। चीनको सो प्रतिबन्धपछि करिब १ लाखभन्दा बढी जनसंख्या भएको अल्पसंख्यक मुस्लिम समुदाय उइघुरको बासस्थान रहेको सिन्जियाङ प्रान्तमा तनाव छाएको बताइएको छ।

Europass CV in Nepal

यसअघि अमेरिकाले उइघुरको मुद्दालाई लिएर चीनको राजधानी बेइजिङमा आयोजित सितकालीन ओलम्पिक्सलाई कूटनीतिकरुपमा बहिष्कार गर्ने घोषणा गरेको थियो।

चीनसँगको सम्बन्ध लुकाएकोमा हार्वड विश्वविद्यालयका प्रोफेसर दोषी ठहर

क्याम्ब्रिजः चीनसँगको सम्बन्ध लुकाएको अभियोगमा हार्वड विश्वविद्यालयका प्रोफेसर दोषी ठहरिएका छन्। चीनद्वारा सञ्चालित भर्ना कार्यक्रममा आफ्नो सम्बन्ध लुकाएको आरोपमा प्रोफेसर चार्ल्स लियवर मंगलबार दोषी ठहरिएका हुन्।

६२ वर्षीय लियवर हार्वड विश्वविद्यालयस्थित केमेस्ट्री एण्ड केमिकल वायोलोजी विभागका पूर्व प्रोफेसर हुन्। उनले विभिन्न सन्दर्भमा झुटो बोलेको र चीनको वैदेशिक बैंकको खातामा दस्तुर पठाउन असफल रहेकोमा अमेरिकी ज्युरीले उनलाई दोषी ठहर गरेको हो।

चीनको थाउजेन्ड प्लान कार्यक्रममा ती प्रोफेसरको संलग्नता रहेको र चीनसँगको सो सम्बन्ध लुकाउन उनले नियतपूर्वक पटक-पटक झुट बोलेको पाइएको छ। सो आरोपमा उनी सन् २०२० जनवरीमा पक्राउ परेका थिए। त्यसयता उनको मुद्दा चलिरहेको थियो।

Europass CV in Nepal