ब्राजिलका वाम नेता लुलाले राष्ट्रपति पदको शपथ ग्रहण गर्दा भावुक बनेर रुन थाले

ब्राजिलका वाम नेता लुलाले राष्ट्रपति पदको शपथ ग्रहण  गर्दा भावुक बनेर रुन थाले

काठमाडौं । ब्राजिलका वामपन्थी नेता लुला डि सिल्भाले राष्ट्रपति पदको शपथ ग्रहण गरेका छन् । तेस्रो पटक ब्राजिलको राष्ट्रपति बनेका उनी दिग्गज वामपन्थी नेताको रुपमा चिनिन्छन् ।

यसअघि उनी सन् २००३ देखि २०१० को बीचमा पनि राष्ट्रपति बनेका थिए । लुला भ्रष्टाचारको आरोपमा जेलसमेत परेका थिए । सन् २०२१ मा उनको सजाय खारेज गरिएको थियो ।

गत वर्षको अक्टुबर महिनाको निर्वाचनमा बहालवाला राष्ट्रपति जायर बोलसोनारोलाई हराएर लुला पुनः सत्तामा फर्किएका थिए । राष्ट्रपति लुलाले देशको पुनर्निर्माणमा ध्यान दिने भन्दै शपथ ग्रहण गरेको बीबीसीले जनाएको छ । सत्ता हस्तान्तरण समारोहमा भने बोल्सोनारो सहभागी भएनन् । उनी गत शुक्रबारै अमेरिका गएका थिए ।

Europass CV in Nepal

लामो समयसम्म सत्ता बाहिर रहेका लुला शपथ ग्रहण समारोहमा भावुक देखिएका थिए । उनले देशको अवस्था खराब हुनुमा अघिल्लो सरकारको गलत नीति जिम्मेवार भएको बताए ।

उनको शपथ ग्रहण समारोहमा उल्लेख्य संख्यामा समर्थकहरुको सहभागिता थियो । समारोहलाई भव्य बनाउन ६० भन्दा धेरै कलाकारहरुले प्रस्तुती दिएका थिए । दुई ठूला मञ्चहरु विशेष रुपमा सजाइएको थियो ।

सुरक्षा व्यवस्था पनि कडा बनाइएको थियो । शपथ ग्रहण समारोहलाई बोल्सोनारो समर्थकहरुले विथोल्न सक्ने आशंका कारण प्रहरीले विशेष सुरक्षा प्रवन्ध मिलाएको बीबीसीले जनाएको छ । उनको स्वागत समारोहमा चक्कु र पटाकासहित घुस्न खोजेको भन्दै एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । साथै राजधानी ब्राजिलियाको विमानस्थल नजिक इन्धन बोकेको ट्यांकरमा विष्फोटक पदार्थ फेला परेको थियो ।

 

Europass CV in Nepal