मुख्य सामग्रीमा जानुहोस्
Saturday, 12 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
अन्तराष्ट्रिय

अवैधानिक रुपमा अमेरिका पुगेका २८ जना नेपालीलाई यसरी स्वदेश फर्काइयो

Himali Patrika 1 मिनेट पढाइ

विभिन्न कस्टकर जीवन विताउँदै लाखौं रकम खर्चेर नेपालबाट अमेरिका जाने चलन पछिल्लो समय व्यापक रुपमा चलेको छ। उज्जल भविश्यको कल्पना गर्दै अमेरिका पुग्नेको सबैको सपना भने साकार हुँदैन। अमेरिकाले अवैधानिक तरिकाले आफ्नो देशमा प्रवेश गरेका विदेशी नागरिकहरुलाई स्वदेश फिर्ता गर्ने गरेको छ।

अमेरिकाले सन् २०२२ मा २८ जना नेपालीहरुलाई देश निकाला गरेर नेपाल पठाइएको छ।​गत अप्रिलको पहिलो साता अमेरिकाबाट एकै पटक ७ जना नेपालीलाई देश निकाला गरेर चार्टड विमानबाट काठमाडौं लगेर छाडिएको थियो। ​देश निकाला गरिएका सातैजनालाई बिना भिसा अमेरिका आएको आधारमा देश निकाला गरिएको थियो। उनीहरु दलाललाई लाखौं रकम बुझाएर बिना भिसा अमेरिकी सीमाक्षेत्रमा पुगेका थिए।

तर अमेरिकाबाट २०२२ मा नेपाली देश निकाला भएको यो पहिलो घटना भने होइन। आर्थिक वर्ष २०२२ मा मात्र अमेरिकाबाट विभिन्न समयमा २८ जना नेपालीलाई देश निकाला गरेर नेपाल पठाइएको अमेरिकी अध्यागमन विभागले जनाएको छ। यो २०२१ को तुलनामा बढी हो।

यो संख्यामा अमेरिकी अध्यागमन अदालत (आइस) बाट देश निकालाको आदेश पाएर स्वेच्छिक रुपमा अमेरिका छाड्नेहरूको संख्या समावेश छैन। यो आइसको हिरासतमा बसेर आइसकै खर्चमा अमेरिकाबाट देश निकाला हुनेको विवरण हो। २०२१ मा २३ जना नेपालीहरुलाई अमेरिकाबाट देश निकाला गरेर नेपाल पठाइएको थियो २०२० मा ९७ जना नेपालीलाई अमेरिकाबाट देश निकाला गरेर नेपाल पठाइएको थियो।

आर्थिक वर्ष २०१९ मा अमेरिकाबाट १६२ जना नेपालीलाई देश निकाला गरेर नेपाल पठाएको थियो। त्यस्तै आर्थिक वर्ष २०१८ मा ४५ जना नेपालीलाई आइसले अमेरिकाबाट देश निकाला गरेर नेपाल पठाएको थियो।

आर्थिक वर्ष २०१७ मा पनि यो संख्या ४५ नै थियो। आर्थिक वर्ष २०१६ मा भने २५ जना नेपालीहरुलाई आइसले अमेरिकाबाट देश निकाला गरेर नेपाल पठाएको थियो।आर्थिक वर्ष २०१५ मा २३ जना नेपालीहरुलाई आइसले अमेरिकाबाट देश निकाला गरेर नेपाल पठाएको थियो। त्योभन्दा अगाडि २०१४ मा ४४ जना नेपालीहरुलाई आइसले अमेरिकाबाट देश निकाला गरेर नेपाल पठाएको थियो।

अमेरिकामा आइसद्वारा गिरफ्तारी र देश निकाला सन् २०२१ मा रेकर्ड न्यून स्तरमा झरेको थियो। तर आर्थिक वर्ष २०२२ मा भने बढेको सरकारी रिपोर्टले देखाएको छ। अमेरिकाबाट आर्थिक वर्ष २०२२ मा आइसले कुल ७२ हजार १ सय ७७ जनालाई देश निकाला गरेको छ।

कुनदेशबाट कति भए फिर्ता ?

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।