मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 6 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

सीमा विवाद भइरहँदा पनि चीन र भारतबीच अहिलेसम्मकै धेरै व्यापार, भारतको घाटा उच्च

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै । सीमा क्षेत्रमा भइरहेको तनावका बीच पनि यो वर्षको ११ महिनामा भारत र चीनको व्यापार इतिहासमै सबैभन्दा धेरै भएको छ । वर्षभरि नै भारत र चीनबीच सीमा क्षेत्रमा तनाव भइरहे पनि दुई देशबीच अहिलेसम्मकै धेरै व्यापार र व्यापार घाटा भएको भारतीय सञ्चारमाध्यम भास्कर डटकमले जनाएको छ ।

जनवरीदेखि नोभेम्बरसम्म भारत र चीनबीच आठ लाख ५७ हजार करोड भारतीय रुपैयाँको व्यापार भएको छ र यो अघिल्लो वर्षको ११ महिनाको तुलनामा ४६ दशमलव चार प्रतिशतले धेरै हो । यसमा भारतले आयात गर्ने हिस्सा निकै धेरै छ । भारतले ११ महिनामा ६ लाख ५९ हजार कराेड भारुको सामान चीनबाट आयात गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशतले धेरै हो ।

चीनले भने भारतबाट जम्मा एक लाख ९८ हजार करोड भारुको सामान किनेको छ । भारत र चीनबीच अहिलेसम्मकै धेरै चार लाख ६१ हजार करोड भारुको व्यापार घाटा भएको खबरमा उल्लेख छ । सीमा क्षेत्रमा भारत र चीनबीच यो वर्ष निकै तनाव भएको र दुवै देशले ५० हजार जना भन्दा धेरैका दरले सैनिक परिचालन गर्दा पनि यति धेरै व्यापार हुनुलाई महत्वका साथ हेरिएको खबरमा उल्लेख छ ।

चीन सरकारले सार्वजनिक गरेको सन् २०२१ को वैदेशिक व्यापारको आँकडामा भारतसँगको व्यापार निकै फाइदाजनक रहेको उल्लेख छ । व्यापार बढाउनको लागि भारत र चीन हाइ लेभल इकोनमिक एण्ड ट्रेड लायलग एचईटीडी बनाउन राजी भएका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।