अमेरिकामा आफ्नै पसलमा काम गरिरहेका नेपालीको गोली हानी एक हत्या

अमेरिकामा आफ्नै पसलमा काम गरिरहेका नेपालीको गोली हानी एक हत्या

अमेरिकाको कोलोराडोमा एकजना नेपाली व्यवसायीलाई एक लुटेराले गोली हानी हत्या गरेको छ। आफ्नै पसलमा कार्यरत भेषराज लामिछानेको लुटेराले हत्या गरेको हो। हत्यारा अर्को राज्य इण्डियानाबाट पक्राउ परेको छ।

कोलोराडो राज्यको ह्वीट रिजमा खुद्रा पसल संचालन गरेर बसेका लामिछानेलाई बिहीबार राति ८ बजेतिर लुटेराले गोली प्रहार गरेको थियो। समाचारअनुसार, लुटेराले शुरुमा पसलभित्र पसेर चिसो पेय पदार्थ खरिद गरेको थियो।

सो पेय लिएर बाहिर निस्केको लुटेरा एकछिनपछि पुन फर्किएर अकस्मात् गोली प्रहार गरेको थियो। गोली प्रहारपछि बाहिर पार्किङमा राखेको लामिछानेको गाडी लिएर भागेको थियो। लामिछानेको पसलमा कुनै चालचुल नभएकोपछि एकजना व्यक्तिले प्रहरीलाई खवर गरेको थियो।

Europass CV in Nepal

प्रहरी पुग्दा झण्डै ९ बजेको थियो। तनहुँ दमौली स्थायी घर भई सपरिवार कोलोराडो बस्दै आएका ५३ बर्षीय लामिछानेका श्रीमती, ३ छोरीका र एक छोरा छन्। गाडी चोरेर भाग्ने क्रममा २०१५ मा बनेको निशान पाथ फाइण्डर गाडी दुर्घटनामा पर्दा इण्डियानामा शुक्रबार विहान साढे १० बजेतिर लुटेरा पक्राउ परेको हो। सडकमा धेरै स्पीडमा गाडी चलाएपछि इण्डियना प्रहरीले सो गाडीको पिछा गरेको थियो।

प्रहरीले पिछा गरेको थाहा पाएपछि झन् स्पीड बढाएको हत्यारा गाडी अनियन्त्रित भई दुर्घटनामा परेपछि पक्राउ परेको हो। हत्या गरेर भागेको सो लुटेराको नाम शनाथन डिनगेलो चान्स रहेको र उसको उमेर २६ बर्षको भएको इण्डियाना पक्राउको पक्राउ विवरणमा उल्लेख छ।

 

Europass CV in Nepal