मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 6 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

विश्वकै होची महिला एलिफको निधन

Himali Patrika 1 मिनेट पढाइ

एजेन्सी । सन् २०१० मा विश्वकै होची महिलाको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने एलिफ कोकामनको बिहीबार निधन भएको छ । ३३ वर्षिया एलिफको निमोनियाबाट निधन भएको हो ।

मंगलबार अचानक बिरामी परेपछि एलिफलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा भर्ना गरेपछि उनको अवस्था बिग्रँदै गएपछि बिहीबार उनको निधन भएको हो । टर्कीको स्थानीय सञ्चारमाध्यमका अनुसार एलिफको शरीरका अंगहरूले काम गर्न छोडेको थियो ।उनी टर्कीको उस्मानिया प्रान्तको कादिर्ली शहरका बासिन्दा हुन् ।

एलिफको लम्बाइ ७२.६ सेन्टिमिटर अर्थात् २.५ फिट थियो । उनको जन्म हुँदा पनि उनको तौल नाप्दा उनी १.६ किलोग्राम थिइन् ।‘मिरर’ मा प्रकाशित समाचार अनुसार सन् २०१० मा एलिफको नाम गिनिज वर्ल्ड रेकर्डमा एक वर्षसम्म दर्ता भएको थियो ।

सन् २०११ मा अमेरिकाकी ब्रिजेट जोर्डनले एलिफको सबैभन्दा होची केटीको कीर्तिमान तोडेकी थिइन्, उनको उचाइ ६९ सेन्टिमिटर अर्थात् २.३ फिट थियो । जोर्डनको मृत्यु सन् २०१९ को जुनमा भएको थियो । अब यो विश्व कीर्तिमान भारतकी ज्योति किसानजी आमगेको नाममा दर्ता भएको छ । उनको लम्बाइ ६२.८ सेन्टिमिटर अर्थात २.०६ फिट थियो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।