चीनले दियो कडा चेतावनी : अमेरिकाले रुसमाथि हमला गरे चीनले कडा जवाफ दिने

चीनले दियो कडा चेतावनी : अमेरिकाले रुसमाथि हमला गरे चीनले कडा जवाफ दिने

युक्रेनी सीमामा रुसी सेनाको उपस्थितिको विषयलाई लिएर अमेरिका–रुसबीच तनाव भएसँगै चीन पनि यसमा मुछिएको छ । चीनको सरकारी मिडियाले रुसको समर्थन गरेर समाचार प्रकाशित गर्न थालेका छन् ।

ग्लोबल टाइम्सले भनेको छ, ‘रुससँग यस्ता वायु रक्षा प्रणाली छ, जसको सामु अमेरिकी विमानले कही पनि गर्न सक्दैन ।’ यसै गरी सोहू वेब पोर्टलले पेन्टागनले एफ–३६जेट ‘ब्ल्याक सी’ मा पठायो भने रुसले त्यसलाई यत्तिकै नछोड्ने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँग कुराकानी गरेपछि रुसले उनको देशमा हमला गरेको खण्डमा अमेरिकाले निर्णायक कारबाही गर्ने चेतावनी दिएका थिए ।

Europass CV in Nepal

यसको जवाफमा चिनियाँ सरकारी मिडिया ग्लोबल टाइम्स, पिपल्स डेली , सिजिटिएन र सोहूवेब पोर्टलले आ–आफ्नो सम्पादकीयमा लगातार अमेरिकालाई धम्काएका छन् । चिनियाँ मीडियाले रुससँग एस–४००, एस–५००, एस–५५०, अपग्रेडेड एस–३०० भएको ठोकुवा गरेको छ । यिनीहरुले भनेका छन्, ‘रुससँग कयौ यस्ता छोटो र मध्यम दुरीका हवाई प्रतिरक्षा प्रणाली छन्, जसले अमेरिकाको विमानलाई झार्ने क्षमता राख्छ ।’

चीनले आफ्नो परमाणु अस्त्रको तीव्र विकासको बारेमा अमेरिकाले प्रकाशित गरेको रिपोर्टलाई अस्वीकार गरेको छ । चिनियाँ विदेश मन्त्रलायको हतियार नियन्त्रण विभागका महानिर्देशक फू कोङले अमेरिकाको यो रिपोर्टको खण्डन गरेका छन् । यद्यपि, चीनले आफ्नो परमाणु हतियारको आवश्यकतालाई भने पुरा गर्न कदम उठाउने फूले बताए ।

अमेरिकी अधिकारीहरुका अनुसार चीनले आफ्नो परमाणु क्षमतालाई तीव्र दरमा बढाइरहेको छ । तर फूले उक्त दावी झुटो भएको बताएका छन् । एक दिन पहिले चीन, अमेरिका, रुस, बेलायत र फ्रान्सको परमाणु युद्धको हतियारको होडलाई रोक्ने सम्बन्धमा एक साझा बयान जारी गरेका थिए ।

चीनले विश्वव्यापी परमाणु शासनमा योगदान दिने पनि उनले बताए । चीनका उप विदेश मन्त्री झाक्सुले देशमा रहेका परमाणु हतियार र यसको प्रयोगको विषयलाई लिएर भनेको छ,‘हामी विश्वव्यापी परमाणु शासनका लागि आफ्नो जानकारी र प्रस्तावको योगदान जारी राख्ने छौँ ।’

यो बयान उनले परमाणु शक्तिवाला ५ देशद्वारा जारी गरिएको बयानपछि एक अन्तर्वार्ताका क्रममा दिएका थिए । उनले भने, ‘युद्ध कहिले पनि जित्न सकिन्न र परमाणु हतियार अन्यमाथि कहिले पनि प्रयोग गरिन्नँ ।’

Europass CV in Nepal