मुख्य सामग्रीमा जानुहोस्
Friday, 2 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

भारतमा नेपालको जस्तै पशुपतिनाथ मन्दिर निर्माण हुँदै

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ । भारतमा नेपालको जस्तै स्वरूपको पशुपतिनाथ मन्दिर बनाउन लागिएको छ । भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतको पुर्ख्यौली गाउँ उत्तराखण्डको सैणमा सो मन्दिर निर्माण हुने भएको हो । यसका लागि नेपालका पशुपति विकास कोषले शालिग्रामबाट बनेको शिवलिङ्ग उपहार दिने भएको छ ।

सैन गाउँलाई गोद (सम्पूर्ण कुराको जिम्मेवारी लिएको) लिएको एक संस्थाका प्रमुख निवरुत्ती यादव नेपाल आएर पशुपति क्षेत्र विकास कोषका संरक्षक समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर उत्तराखण्डको सैन गाउँमा पशुपतिनाथको मन्दिर निर्माण गर्न लागेको बारेमा जानकारी गराएको स्रोतले जनाएको छ ।

उनले अघिल्लो साता कोषका अधिकारसँग पनि यस विषयमा छलफल गरेको बताइएको छ । पशुपति मन्दिरका लागि नेपालले नन्दीको मूर्ति, त्रिशूल र एक घण्टीसमेत उपहार दिएको प्रमुख यादवले बताइन् । सो मन्दिरको निर्माण महाराष्ट्रमा सञ्चालित गैर सरकारी सङ्गठन हरिवंश राय बच्चन प्रबोधन प्रतिष्ठानले गर्न लागेको हो । उत्तराखण्डको सैन गाउँमा बन्ने सो मन्दिर नेपालको पशुपति मन्दिर जस्तै हुनेछ । तर मन्दिरको आकार भने सानो हुने प्रमुख यादवले बताइन् ।

तर, यस विषयमा जानकारी लिन पशुपति विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडासँग बुझ्दा उनले आफूलाई यस विषयमा जानकारी नरहेको बताए । कोषका सदस्य सचिव डा.मिलनकुमार थापासँग सम्पर्क गर्न खोज्दा मोबाइल अफ थियो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।