मुख्य सामग्रीमा जानुहोस्
Monday, 7 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
अन्तराष्ट्रिय

साउदी अरबकी राजकुमारी तीन वर्षपछि जेलमुक्त

Himali Patrika 1 मिनेट पढाइ

२५ पुस , काठमाडौं । साउदी अरबकी राजकुमारी र उनकी छोरी तीन वर्षपछि जेलमुक्त भएका छन् । राजधानी रियादमा रहेको जेलबाट उनीहरुलाई सरकारी अधिकारीहरुले मुक्त गरिदिएको मानव अधिकारवादी समूहले जनाएको छ ।

साउदी अरबको राज परिवारकी सदस्य ५७ वर्षीया बस्मा बिन्त साउद महिला अधिका`रवादी र संवैधानिक राजतन्त्रका पक्षपातिको रुपमा चिनिन्छिन् ।

उनलाई सन् २०१९ को मार्चमा गिरफ्तार गरिएको थियो । उनको स्वास्थ्यमा समस्या आएकाले पर्याप्त स्वास्थ्य उपचारका लागि भन्दै उनलाई रिहा गरिएको बताइएको छ तर यस बारेमा सरकारी अधिकारीहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

उनलाई त्यति बेला उपचारका लागि स्वीजरल्याण्ड जाने तयारी गरिरहेका बेला प्रस्थान गर्नु केही दिन अगाडि मात्रै पक्राउ गरिएको थियो । उहाँको स्वास्थ्य समस्या के हो भन्ने बारेमा पनि प्रष्ट जानकारी दिइएको छैन ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।