फेरी साइप्रसमा भेटियो अर्को नयाँ ‘डेल्टाक्रोन’ भेरियन्ट

फेरी साइप्रसमा भेटियो अर्को नयाँ ‘डेल्टाक्रोन’ भेरियन्ट

२५ पुस। साइप्रसमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ भेट्टिएको त्यहाँका स्वास्थ्य मन्त्रालयले जनाएको छ । साइप्रसका स्वास्थ्य मन्त्रीले कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको शनिबार जनाएका हुन् । युनिभर्सिटी अफ साइप्रसमा जीव विज्ञानका प्राध्यापक लियोन्डिअस कोस्ट्रिकिसले डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको हाइब्रिड भेरियन्ट ‘डेल्टाक्रोन’ पत्ता लगाएका हुन् ।

इन साइप्रस न्युज एजेन्सीका अनुसार कोस्ट्रिकिसले नयाँ भेरियन्टको नाम ‘डेल्टाक्रोन’ राखेका छन् । डेल्टा भेरियन्टभित्र ओमिक्रोनको जीन अस्तित्वमा रहेका कारण उक्त नाम राखिएको समाचारमा उल्लेख छ । हालसम्म डेल्टाक्रोनका २५ जना संक्रमित फेला परेका छन् । नयाँ भेरियन्ट भेटिएपनि त्यसबाट डराइहाल्नु पर्ने अवस्था नरहेको जनाइएको छ ।

नेपालमा कोरोनाको कहर : उपत्यकामा भीडभाड हुने क्षेत्रलाई प्रतिबन्ध लगाउने तयारी

Europass CV in Nepal

काठमाडौं उपत्यकामा पुनः कोरोना संक्रमण बढ्दा भीडभाड हुने क्षेत्रलाई प्रतिबन्ध लगाउने तयारी भएको छ । शनिबार काठमाडौंमा बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले आ–आफ्नो जिल्लामा कोरोना संक्रमणको मूल्याङ्कन गरेर केही क्षेत्रमा प्रतिवन्ध लगाउने विषयमा छलफल भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले तीनवटै जिल्लामा कोरोनाको अवस्थामा बारेमा जानकारी दिएर पुन संयुक्त बैठक बस्ने बताए । उनले आफूहरूले अहिल्यै निषेधाज्ञा, ‘लकडाउन’ गर्नेबारे तयारी नगरेको जानकारी दिए ।

उनले सरकारको निर्देशनपछि आफुहरु आगामी रणनीति तय गर्ने निष्कर्षमा पुगेको बताए । उनले बढी भीडभाड हुने क्षेत्रमा भीडभाड कम गर्ने प्रावधान ल्याउन सकिने धारणा राखे । तीनवटै जिल्ला प्रशासन कार्यालयले पहिलेकै अवस्था आउन सक्ने जोखिम भएकाले पूर्ण सावधानी र स्वास्थ्य मापदण्ड पालना गराउन सचेत रहेको जनाएको छ ।

Europass CV in Nepal