समुद्रमा खसेको युद्धक विमान चीनको हात पर्ने डरपछि अमेरिकाले धुमधाम खोज्न थाल्यो

समुद्रमा खसेको युद्धक विमान चीनको हात पर्ने डरपछि अमेरिकाले धुमधाम खोज्न थाल्यो

काठमाडौं। यसैहप्ता अमेरिकाको एफ–३५ विमान दक्षिण चीन सागर ‘साउथ चाइना सी’मा दुर्घटनाग्रस्त हुँदा सात अमेरिकी सेना घाइते भएका छन्। सीएनएनकाअनुसार एफ–३५ सी लाइटिनिङ दोस्रो जेट विमान चीनले दाबी गर्ने दक्षिण चीन सागरमा युद्ध अभ्यास गरिरहेको थियो। सो क्रममा आणविक हतियार सम्पन्न यूएसएस कार्ल भिनसन युद्धपोतमा अवतरण गर्ने क्रममा सो विमान दुर्घटनामा परेको बताइएको छ।

उक्त विमानका पार्टपुुर्जाहरु समुद्रमै खसेको बताइएको छ। विमानका पाइलटले विमान दुर्घटना हुनासाथ इजेक्सन सिट खोलेका थिए जसका कारण उनको ज्यान जोगियो।हवाईस्थित अमेरिकी नौसेनाका कार्यालयका अनुसार घाइते भएका सातै नौसेनालाई फिलिपिन्सको राजधानी मनिलामा उपचारको लागि पुर्याएको छ।

चीनले दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्दछ। यहाँको ९० प्रतिशत पानीमा आफ्नो अधिकार भएको उसको भनाइ छ। यस सागरबाट वर्षेनी खरबौं डलरको कारोबार हुने गर्दछ जसकारण यसलाई ज्यादै रणनीतिक मानिन्छ। यो जल इन्डोप्यासिफिक क्षेत्रको व्यापारको प्रमुख मार्ग हो।

Europass CV in Nepal

चीनले यस विवादित जलक्षेत्रमा कृत्रिम टापुको निर्माण गरेर सेना तथा हतियारहरु तैनाथ गरेको छ। तर दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्ने अन्य मुलुकहरुले चीनको यस कार्यको विरोध गरेका छन्।

ब्रुनाइ, मलेसिया, फिलिपिन्स, ताइवान तथा भियतनामले पनि यस सागर आफ्नो भएको दाबी गर्दछन्। अमेरिकाले आफ्ना सहयोगी राष्ट्रको सुरक्षाको लागि भन्दै यस विवादित जल क्षेत्रमा सैन्य अभ्यास गर्दै आएको छ।

सो क्रममा अमेरिकी जहाजहरु यस विवादित जल क्षेत्रमा तैरने गरेका छन्। यसबीचमा अमेरिकी युद्धक विमान यहाँ दुर्घटनामा परेको हो। चीनले बारम्बार अमेरिका यस क्षेत्रको दाबीकर्ता नभएको र उसले यस क्षेत्रमा सैन्य अभ्यास गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताउँदै आएको छ।

तर दाबीकर्ता राष्ट्रले अमेरिकाको उपस्थितीलाई स्वागत गरेको अवस्था छ। अन्तर्राष्ट्रिय अदालतले पनि सन् २०१६ मा दक्षिण चीन सागरलाई चीनले दाबी गर्नु अवैधानिक र आधारहीन कार्य भएको बताएको थियो।

दक्षिण चीन सागरलाई दाबी गर्ने चीनबाहेकका राष्ट्रहरु साथै अमेरिका, जापान, अस्ट्रेलियाले चीनले अन्तर्राष्ट्रिय अदालतको फैसला मान्नुपर्ने बताएका छन्।

चीनले भने दक्षिण चीन सागरको विषय आन्तरिक मामिला भएकाले यस विषयमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिँदै आएको छ। अमेरिकी विमान यस क्षेत्रमा दुर्घटनामा परेको विषयमा भने चीनले कुनै प्रतिक्रिया जनाएको छैन।

विमान समुद्रमा खोज्दै अमेरिका

लाखौं अमेरिकी डलर पर्ने आफ्नो स्टिल्थ एफ–३५ सी लाइटिनिङ विमान समुद्रमा दुर्घटना भएर खसेपछि यतिबेला अमेरिकाले उक्त विमान खोज्न थालेको छ। दक्षिण चीन सागर हेर्ने अमेरिकी नौसेनाको यूएस सभेन्थ फ्लिट भन्छ,‘अमेरिकी नौसेनाको टोलीले एफ–३५ सी विमानलाई खोज्ने तयारी गरिरहेको छ। सेभेन्थ फ्लिटका प्रवक्ता निकोलास लिंगोका अनुुसार उक्त विमान चीनको हातमा पर्नुपहिल्यै सो विमान खोजिसक्नुपर्छ।

चीनले सो विमान भेटेपछि अमेरिकी युद्धक विमानको प्रविधिलाई थाहा पाउने त्रास अमेरिकासँग भएको अनुमान गरिएको छ। सीएनएन र एजेन्सीको सहयोगमा

 

Europass CV in Nepal