उपन्यासकार लीलबहादुर क्षेत्रीलाई भारतको प्रतिष्ठित पद्मश्री पुरस्कार

उपन्यासकार लीलबहादुर क्षेत्रीलाई भारतको प्रतिष्ठित पद्मश्री पुरस्कार

काठमाडौं । वरिष्ठ उपन्यासकार प्रा. लीलबहादुर क्षेत्री भारत सरकारबाट दिने प्रतिष्ठित पुरस्कार ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित भएका छन् । चर्चित ‘बसाई’ उपन्यास लेखेर नेपाली साहित्यमा ठूलो गुन लगाएका असम निवासी क्षेत्रीलाई भारत सरकारले साहित्य र शिक्षा विधामा पद्मश्री पुरस्कारले सम्मान गरेको हो ।

प्रा. क्षेत्रीले नेपाली साहित्यमा आख्यान, नाटक, निबन्ध, समालोचना र रकविताका माध्यमबाट योगदान दिएका छन् । उनले अन्य अनेक सम्मान पुरस्कारसंगै नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलोपटक प्रदान गरेको अन्तर्राष्ट्रिय भानु पुरस्कार पनि प्राप्त गरेका थिए ।

उनले नेपालबाट जगदम्बाश्री (सन् २०१६) र भारतबाटै सन् १९८७ मा साहित्य एकेडेमी अवार्ड पाएका थिए । क्षेत्रीका पुस्तकहरु त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा समेत समावेश गरिएको छ ।

Europass CV in Nepal

उनले बह्मपुत्रको छेउछाउ, अतृप्त, असममा नेपाली भाषाको साह्रोगाह्रो, दोबाटो, तीन दशक अभिव्यक्ति लगायतका कृतिहरु लेखेका छन् ।क्षेत्रीलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले पुरस्कृत गरेका हुन् ।

सन् २०२० का लागि १४१ जनालाई पद्मविभुषण, पद्मभुषण र पद्मश्रीबाट सम्मान गरिएको हो । जसमा ७ जनालाई पद्मविभुषण, १६ जनालाई पद्मभुषण र ११८ जनालाई पद्मश्रीबाट सम्मान गरिएको हो ।

जसमा ३४ जना महिला रहेका छन् । त्यसैगरी १८ जना विदेशी, एनआरआई, पीआईओ र ओसीआई तथा १२ जना मरणोपरान्त हुन् ।

पद्मविभुषण पाउनेमा शुषमा स्वराज (मरणोपरान्त), जर्ज फर्नान्डेज (मरणोपरान्त), अर्जुन जेट्ली (मरणोपरान्त), सर अनिरुद् जुगनाउथ (मरिसस), मेरी कोम (भारतीय खेलाडी), छन्नुलाल मिश्र र श्री विश्वेश्हतीर्थ स्वामीजीश्री पेजावभरा अधोखाजा मथा उदुपी (मरणोपरान्त) हुन् ।

त्यसैगरी भारतीय सिने जगतका चर्चित अनुहारहरु करण जोहर, कंगना रनौट, एकता कपूर, मुन्ना मास्टर लगायत पद्मश्रीबाट सम्मानित भएका छन् । पद्मश्री पुरस्कारबाट यसअघि नेपालीहरु मनिषा कोइराला, डा. सन्दूक रुइत र अनुराधा कोइराला सम्मानित भइसकेका छन् ।

Europass CV in Nepal