मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 6 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

उत्तर कोरियाद्वारा सन् २०१७ यताकै सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण

Himali Patrika 1 मिनेट पढाइ

स्थानीय समाचारअनुसार आइतवार बिहान ७:५२ बजे उत्तर कोरियाको पूर्वी तटबाट उक्त क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ। जापान, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले उक्त परीक्षणको निन्दा गरेका छन्।

यो महिनामा प्योङ्याङले प्रहार गरेको सातौँ क्षेप्यास्त्र हो। तर उत्तर कोरियाले प्रतिबन्ध उल्लङ्घन गर्दै आएको छ। उत्तर कोरियाका नेता किम जङ-अनले आफ्नो देशको प्रतिरक्षा प्रणाली सुदृढ बनाउने वाचा गरेका छन्। संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई बलिस्टिक क्षेप्यास्त्र र पारमाणविक अस्त्र परीक्षण गर्न रोक लगाएको छ तथा कडा प्रतिबन्धहरू लगाएको छ।

यो कस्तो क्षेप्यास्त्र हो?

दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्का अनुसार आइतवार परीक्षण गरिएको क्षेप्यास्त्र मध्यम दूरीको बलिस्टिक क्षेप्यास्त्र (आईआरबीएम) हो। सन् २०१७ को नोभेम्बरपछि परीक्षण गरिएको यो सबैभन्दा ठूलो क्षेप्यास्त्र हो।जापानी र दक्षिण कोरियाली अधिकारीहरूले उक्त क्षेप्यास्त्र आकाशमा २,००० किलोमिटरको उचाइमा र ३० मिनेट उडेर ८०० किलोमिटर पर पुगेको बताएका छन्।

उक्त क्षेप्यास्त्र जापान सागरमा झरेको थियो। अमेरिकाले उक्त परीक्षणले संयुक्त राष्ट्रसङ्घको प्रतिबद्धता उल्लङ्घन गरेको भन्दै उत्तर कोरियालाई उत्तेजनापूर्ण काम नगर्न तथा वार्तामा सहभागी हुन आग्रह गरेको छ।

उत्तर कोरियाली परीक्षणबारे के थाहा

दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले ज्यानुअरीमा धेरै क्षेप्यास्त्र परीक्षण गरिनुले २०१७ मा चुलिएको तनाव सम्झाएको बताएका छन्। त्यो वर्ष प्योङ्याङले धेरै पटक पारमाणविक अस्त्र परीक्षण गरेको थियो। त्यतिबेला नै उसले आफ्ना सबैभन्दा ठूला क्षेप्यास्त्रहरू प्रक्षेपण गरेको थियो। तीमध्ये केही क्षेप्यास्त्र जापानमाथि हुँदै लक्ष्यतिर गएका थिए।

केही साताअघि उत्तर कोरियाले आफूले तेस्रो पटक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको थियो। बलिस्टिक क्षेप्यास्त्रभन्दा ती क्षेप्यास्त्र पत्ता लगाउन कठिन हुन्छ।

सन् २०२० मार्चपछि त्यतिबेला पहिलो पटक किम जङ-अन क्षेप्यास्त्र परीक्षणमा सहभागी भएका थिए। नयाँवर्षअगाडि सम्बोधन गर्दै किमले उत्तर कोरियाली सेनालाई नवीनतम प्रविधिसहित सुदृढ हुन आग्रह गरेका थिए। त्यसयता उत्तर कोरियाले विभिन्न स्थानाबाट विभिन्न अस्त्रशस्त्रको परीक्षण गरेको छ।

किमले २०१८ मा पारमाणविक अस्त्र वा लामो दूरीका अन्तरदेशीय बलिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) परीक्षणमा अस्थायी रोक लगाएको घोषणा गरेका थिए। तर उक्त घोषणामा छोटो दूरीका आईआरबीएम भए नभएको स्पष्ट थिएन। तर २०१७ पछि कुनै पनि त्यस्ता क्षेप्यास्त्र परीक्षण गरिएको छैन।

किमले २०१९ मा बोल्दै आफू त्यस्तो रोकप्रति आफू प्रतिबद्ध नरहेको बताएका थिए। यसअघि ज्यानुअरीमा क्षेप्यास्त्र प्रहार गरेकाले अमेरिकाले उत्तर कोरियालाई थप प्रतिबन्ध लगाएको थियो। जो बाइडन राष्ट्रपति बनेपछि दुई देशबीच वार्ता हुन सकेको छैन।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।