मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 6 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

विश्वबजारबाट क्रिप्टोकरेन्सी चोरेर मिसाइल परीक्षणमा प्रयोग गर्दै उत्तर कोरिया

Himali Patrika 1 मिनेट पढाइ

उत्तर कोरिया । उत्तर कोरियाले साइबर आक्रमणबाट करोडौं डलरको क्रिप्टोकरेन्सी चोरेको छ। त्यो पैसा देशको क्षेप्यास्त्र कार्यक्रममा खर्च गर्न प्रयोग गरिएको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमार्फत सञ्चारमाध्यमलाई जनाइएको छ। ५० मिलियन डलरभन्दा बढी डिजिटल सम्पत्ति सन् २०२० र २०२१ बीच साइबर आक्रमणकारीद्वारा चोरी भएको अन्वेषकहरूले पत्ता लगाएका छन्।

संयुक्त राष्ट्रको प्रतिवेदनले यस्ता आक्रमणहरू प्योङयाङको आणविक र ब्यालिस्टिक मिसाइल कार्यक्रमको लागि ‘राजस्व महत्वपूर्ण स्रोत’ भएको बताएको छ। उक्त प्रतिवेदन शुक्रबार संयुक्त राष्ट्र संघको प्रतिबन्ध समितिमा पेस गरिएको थियो। साइबर आक्रमणले उत्तरी अमेरिका, युरोप र एशियाका कम्तीमा तीनवटा क्रिप्टोकरेन्सी एक्सचेन्जलाई लक्षित गरेको थियो।

प्रतिवेदनले सुरक्षा फर्म चेनएनालाइसिसद्वारा गत महिना प्रकाशित एक अध्ययनलाई पनि उल्लेख गरेको छ जसमा उत्तर कोरियाली साइबर आक्रमणहरूले गत वर्ष ४०० मिलियन डलर मूल्यको डिजिटल सम्पत्ति चोरेको उल्लेख छ। संयुक्त राष्ट्रसंघले सन् २०१९ मा उत्तर कोरियाले साइबर हमलामार्फत आफ्नो ‘सामुहिक विनाश कार्यक्रम’ को हतियारका लागि दुई अर्ब डलर उठाएको जनाएको छ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले उत्तर कोरियालाई आणविक परीक्षण र ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्न प्रतिबन्ध लगाएको छ। तर, संयुक्त राष्ट्रसंघको यो प्रतिवेदनले कडा प्रतिबन्धका बाबजुद पनि उत्तर कोरियाले आफ्नो आणविक र ब्यालिस्टिक क्षेप्यास्त्र पूर्वाधारको विकास जारी राख्न सफल भएको देखाएको छ। प्रतिबन्धको अनुगमन गर्नेहरूले प्योङयाङले मिसाइल परीक्षणमा ‘उल्लेखनीय वृद्धि’ गरेको बताएका छन्। बीबीसी हिन्दीबाट अनुदित।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।