मुख्य सामग्रीमा जानुहोस्
Sunday, 27 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

जर्मनीसम्म पुगेको रुसी ग्याँस पाइपलाइन बन्द गरिदिने बाइडनको चेतावनी

Himali Patrika 1 मिनेट पढाइ

अमेरिकी राष्ट्रपति जो बाइडनले यदि रुसले युक्रेनमा आक्रमण गरेमा रुसबाट जर्मनीसम्म पर्‍याइएको ग्याँस पाइपलाइन बन्द गरिदिने चेतावनी दिएका छन् । जर्मनीका चान्सलर ओलाफ सोल्जसँग वाशिङ्गटनमा आयोजित भेटवार्तापछि पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति बाइडनले रुसबाट जर्मनीसम्म जोडिएको ग्याँस पाइपलाइन ‘नोर्ड स्ट्रीम- २’ लाई अन्त्य गरिदिने बताएको बीबीसीले जनाएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेपछि अमेरिका र जर्मन सरकार प्रमुखबीच छलफल भएको हो । रुस-युक्रेन तनावकाबीच जर्मनीले दिएको एक अभिव्यक्ति विवादित भएपछि शोल्जले अमेरिकी राष्ट्रपति बाइडनसँग भेटवार्ता गरेका थिए ।

‘नोर्ड स्ट्रीम- २’ प्राकृतिक ग्याँस पाइपलाइन बाल्टिक सागरको मुनिबाट रुसबाट जर्मनीसम्म पुगेको छ । अमेरिका र जर्मनीका साझेदार युरोपेली देशहरु सुरुदेखि नै यो ग्याँस पाइपलाइनको विरोधमा छन् ।

किनभने युरोपका देशहरुमा रुसी ग्याँस पाइपलाइनप्रति निर्भरता बढ्ने र कुनै विषयमा विवाद भएमा रुसले आफ्नो फाइदाका लागि यसलाई हतियारको रुपमा प्रयोग गर्न सक्ने उनीहरुको आशंका छ । त्यसैले यो ग्याँस पाइपलाइन खारेज गर्न अमेरिकालगायत देशहरुले यसअघि जर्मनीकी चान्सलर एन्गेला मर्केलसँग छलफलसमेत गरेका थिए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।