तालिबान सरकारले समेत भन्यो रुस र युक्रेनलाई संयमता अपनाउ

तालिबान सरकारले समेत भन्यो रुस र युक्रेनलाई संयमता अपनाउ

एजेन्सी । अफगानिस्तानको तालिबान सरकारले रुस र युक्रेनलाई संयमता अपनाउन आग्रह गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गरेर तालिबानी सरकारले युक्रेनमा भइरहेको अवस्था आफूहरूले नियालिरहेको बताउँदै आम नागरिकको ज्यान जानसक्नेप्रति चिन्ता व्यक्त गरेको छ ।

‘अफगानिस्तान दुवै पक्षलाई संयमता अपनाउन आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अफगानिस्तान आफ्नो निश्पक्ष विदेश नीतिलाई मध्यनजर गर्दै दुवै पक्षलाई वार्ता र शान्तिपूर्ण माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्दछ ।’

यस्तै तालिबानी सरकारले युक्रेनमा रहेका अफगानी नागरिकहरूको जीवन रक्षाका लागि सम्बन्धित पक्षसँग आग्रह गरेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको जमिनलाई नियन्त्रणमा लिएर दुई राज्यलाई स्वतन्त्र राष्ट्रको मान्यता दिँदै सेना पठाउने फैसला गरेका थिए ।

Europass CV in Nepal

त्यसपछि बिहीबार युक्रेनविरुद्ध उसले आक्रमण सुरु गरेको छ । रुसको सेनाको आक्रमणबाट युक्रेनमा १ सय ३७ जनाको मृत्यु भइसकेको छ भने सयौं मानिस घाइते छन् ।जवाफमा ८ सयभन्दा बढी रुसी सेना मारिएको युक्रेनी दाबी छ ।

Europass CV in Nepal