मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 7 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

रुसविरुद्ध ताइवान पनि उत्रियो, अमेरिका र इयूले झैँ प्रतिबन्ध लगाउने

Himali Patrika 1 मिनेट पढाइ

युक्रेनमाथि रुसको हमलाको यो दोस्रो दिन हो र संसारभरीबाट यसबारे प्रतिक्रिया सार्वजनिक भइरहेका छन् । अब ताइवानले यो हमलाको विरोध गरेको छ । साथै आफू रुसमाथि प्रतिबन्धको विषयमा अमेरिका, युरोपेली संघ र अन्य समान विचारधारा भएका देशसँग खडा भएको पनि बताएको छ ।

ताइवानका विदेश मन्त्रालयको तर्फबाट गरिएको ट्वीटमा सैन्य कारवाहीलाई तुरुन्त रोक्न र कुराकानीको माध्यमले शान्तिपूर्ण समाधान निकाल्ने अपिल गरिएको छ । युक्रेन संकटबीच ताइवानको कुरा किन निस्किरहेको छ ?

युक्रेन संकटबीच पूरा दुनियाँको नजर अमेरिका आफ्ना सहयोगीका लागि कति बफादार छ भन्ने कुरामा पनि अडिएको छ । यदि चीन ताइवानमाथि आफ्नो दाबीका लागि यस्ताे गर्छ भने अमेरिकाको कदम के होला भनेर पनि प्रश्न सोधिएका छन् ।

वास्तवमा ताइवान आफूलाई स्वतन्त्र राष्ट्र बताउँछ । ताइवानले आफ्नो संविधान बनाएको छ र त्यहाँ जनताद्वारा छानिएको सरकारको शासन छ । उसले अमेरिकालाई आफ्नो सबैभन्दा ठूलो सहयोगी देश मान्ने गर्छ ।

यस्तै चीनले ताइवानलाई आफ्नो एउटा प्रान्त मान्छ र पछि चीनकै हिस्सा बन्ने बताउँदै आएको छ । हाल संसारका १३ देशले मात्रै ताइवानलाई एक भिन्न र सम्प्रभुता भएको देश मान्छ । हालै चीनका राष्ट्रपति शी जिनपिङले भनेका थिए, ‘ताइवानसँग चीनको पुनः एकीकरण हुन आवश्यक छ । ’

 

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।