मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

क्यानडामा चिकित्सकले घोषणा गरे संसारकै पहिलो जलवायु परिवर्तनको बिरामी

Himali Patrika 1 मिनेट पढाइ

क्यानडा । क्यानडाका चिकित्सकले संसारकै पहिलो जलवायु परिवर्तनको बिरामी घोषणा गरेका छन्। एक क्यानडेली महिलामा स्वासप्रश्वासको समस्या देखिएपछि उनी जलवायु परिवर्तनको सिकार भएको भन्दै चिकित्सकले सो घोषणा गरेका हुन्।

स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी ७० वर्षीया महिलाको उपचारमा खटिएका चिकित्सकले स्वास्थ्य रिपोर्टमा जलवायु परिवर्तनबाट पिडित संसारको पहिलो बिरामीको रुपमा उल्लेख गर्नुपरेको बताइएको छ। तातो हावा र खराब वायु गुणस्तका कारण ती महिलामा स्वासप्रश्वासको समस्या देखिएको उपचारमा खटिएका डा. कायल मेरिटले इन्डिपेन्डेन्ट न्युजसँग बताए।

जलवायु परिवर्तनका कारण ती महिलामा स्वास्थ्य समस्या उत्पन्न भएको उपचारमा संलग्न चिकित्सकले रिपोर्टमा उल्लेख गरेका छन्। ती महिलाको नाम भने हालसम्म सार्वजनिक नगरिएको अमेरिकी अखबार ‘दी हिल’ले जनाएको छ।

क्यानडामा गर्मीयाममा चल्ने लुको कारण हरेक वर्ष करिब ५ सय मानिसले ज्यान गुमाउने गरेको बताइएको छ। ग्लास्गोमा आयोजित २६ औं जलवायु सम्मेलन कोप २६ मा तातो वायुको मुद्धा उठेको थियो।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।