चीनले पाकिस्तानलाई अहिलेसम्मकै ठूलो र उन्नत युद्धपोत दियो

चीनले पाकिस्तानलाई अहिलेसम्मकै ठूलो र उन्नत युद्धपोत दियो

काठमाडौं। चीनले पाकिस्तानलाई अहिलेसम्मको सबैभन्दा ठूलो र उन्नत युद्धपोत निर्यात गरेको छ । यसलाई चीन र पाकिस्तानबीच गहिरिँदो सैन्य सहयोगको एक उदाहरणको रुपमा हेरिएको छ । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले यसलाई दुई देशबीचको मित्रताको ठूलो उपलब्धी भनेको छ ।

यो युद्धपोतको निर्माण चाइना स्टेट शिप बिल्डिङ कर्पोरेसन लिमिटेड (सीएसएससी)ले गरेको हो । कम्पनीले एक बयानमा यो युद्धपोतलाई चीनको शांघाइमा भएको एक समारोहमा पाकिस्तानी नौसेनालाई हस्तान्तरण गरिएको बताएको छ ।

पाकिस्तानी नौसेनाले चीनको सरकारी अखबार ग्लोबल टाइम्सलाई बताएअनुसार टाइप ०५४ एपी युद्धपोतको नाम पीएनएस तुगरिल राखिएको छ । चीनले पीएनएस तुगरिल जस्तै अन्य ४ युद्धपोत पाकिस्तानी नौसेनाको लागि तयार गरिरहेको छ । यो जहाज प्राविधिक रुपले उन्नत र अत्याधिक सक्षम प्लेटफर्म मानिन्छ ।

Europass CV in Nepal

यो युद्धपोतमा निगरानीको व्यापक क्षमताका अलावा जमिनबाट जमिन, जमिनबाट हावा र पानीमुनिबाट समेत मिसाइल हान्न सक्ने क्षमता छ । नेटोले चीनको यो टाइप ०५४ ए युद्धपोतलाई जियांगकाइ–२ कोड नामबाट चिन्छ ।

यो युद्धपोत चीनको हुडोंग–जोंधुवा शिपयार्डमा बनाइन्छ । यो अत्याधुनिक हतियार र सेन्सरहरुको मिलन हो । यसलाई पहिलो पटक २००८ मा चीनको नौसेनामा सामेल गरिएको थियो ।

पाकिस्तानी नेवीले आफ्नो बयानमा यसलाई आधुनिक आत्मरक्षा क्षमताबाट भरपुर अत्याधुनिक युद्ध प्रबन्धन र विद्युतीय युद्ध प्रणालीयुक्त बताएको छ । नेवीले यो जहाजले अनेक खतरा भएको माहोलमा पनि एकसाथ कैयौं नौसैनिक युद्ध अभियान संचालन गर्न सक्षम भएको बताएको छ ।

Europass CV in Nepal