मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 6 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

एप्पलले रुसमा आफ्नो उत्पादन नबेच्ने

Himali Patrika 1 मिनेट पढाइ

एप्पलले रुसमा आफ्नो उत्पादन बिक्रीमा प्रतिबन्ध लगाएको छ। रुसले युक्रेनमा आक्रमण गरेपछि कम्पनीले आफ्नो उत्पादनहरूको बिक्री रोकेको कम्पनीद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ।

अमेरिकी प्रविधि वेबसाइट द भर्जका अनुसार एप्पलले यसभन्दा अघि रुसमा एप्पल पे र एप्पल म्याप्स लगायत अन्य सेवाको प्रयोगमा सीमितता लगाएको थियो। र, यसले एप्पल स्टोरबाट केही रूसी समाचार एपहरू पनि हटायो।

कम्पनीले हालै जारी गरेको विज्ञप्तिअनुसार भने यसले रुसमा आफ्नो उत्पादनको निर्यात रोक्ने घोषणा गरेको छ। ‘रुसको हिंसागत कार्यको जवाफमा हामीले आफ्नो सम्पूर्ण उत्पादनको निर्यात तथा बिक्री रोकेका छौं,’ जारी विज्ञप्तिमा उल्लेख छ। कम्पनीका अनुसार यसले रुसको आगामी कार्यहरूलाई निरन्तर नियाल्नेछ र अवस्थाअनुसार कदम चाल्नेछ।

गत साता युक्रेनका उपप्रधानमन्त्री मिखाइलो फेदोरोभले एप्पललाई रुसमा आफ्नो सम्पूर्ण सुविधा बन्द गर्न आग्रह गर्दै खुल्ला पत्र लेखेका थिए। यसले रुसका युवाहरूलाई आफ्नो राष्ट्रले युक्रेनमाथि गरेको सैन्य आक्रमणलाई रोक्न उत्प्रेरित गर्नमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।

हाल युक्रेनीहरूको सुरक्षा र सतर्कतालाई मध्येनजर गर्दै एप्पलले युक्रेनको एप्पल म्यापमा ट्राफिक र लाइभ इन्सिडेन्ट दुवै हटाएको छ। गुगलले पनि गुगल म्याप्समा युक्रेनी ट्राफिक डेटा बन्द गरेको छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।