मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 6 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

नेपाली युवा प्रताप बस्नेतको भिडियो संदेश : रसियाविरुद्ध युक्रेनको तर्फबाट युद्ध गर्ने घोषणा, युक्रेनी सेनामा भर्ती हुँदै

Himali Patrika 1 मिनेट पढाइ

युक्रेनमा छिमेकी रसियाले आक्रमण गरेको सातौँ दिन भइसकेको छ। साता हुँदा पनि रसियाले युक्रेनमाथि पूरै पकड जमाउन सकिरहेको छैन।
कुनै बेला सोभियत संघ अन्तर्गतका यी दुई मुलुकबीच अमेरिका, युरोपेली संघ र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) लाई लिएर विवाद भएको थियो।

उत्तरी युरोपको देश यहाँ पनि सयभन्दा धेरै नेपाली रहेका थिए। जसमध्ये धेरैजसोले रसियाको आक्रमणपछि युक्रेन छाडेर युरोपका अन्य मुलुक छिरेका छन्।
तर बुधबार नेपालबाटै गएका एकजना युवकको भिडिओ सामाजिक सञ्जालमा आएको छ। युक्रेनबाटै सार्वजनिक भएको यो भिडिओमा नेपाल घर भएको बताउँदै प्रताप बस्नेत नामका युवक त्यहाँ लडाइँका लागि तयार भएको बताइरहेका छन्।

नेपालबाट आएको बताउने प्रताप बस्नेत नामका ती युवक आफू रसियाविरुद्ध लड्न तयार भएको भन्दै युक्रेनी सेनामा भर्ती हुन पुगेका छन्।
अंग्रेजी भाषामा बोलिरहेका उनले युक्रेनको पक्षमा उभिँदा आफूलाई गर्व लागिरहेको बताएका छन्।

‘युक्रेनको पक्षमा युद्ध लड्न पाउँदा मलाई गर्व लागेको छ। म युक्रेनको पक्षमा लड्न सेनामा भर्ना हुँदैछु’, उनले भनेका छन्, ‘आइएम फर्म नेपाल, म भर्ती हुन अहिले सेनाको क्याम्पमा आएको छु।’

उनले युक्रेनको पक्षमा उभिँदै यो भूमि जोगाउन लड्ने बताएका छन्। ‘यो भूमि युक्रेनको हो, यहाँ रसियाले हस्तक्षेप गर्न पाउँदैन’, उनले भनेका छन्, ‘ अहिलेको तनावपूर्ण अवस्थामा म रातभर सुत्न सकेको छैन।’

उनले युक्रेनमाथि रसियाली आक्रमणलाई मानवीयता र मानवअधिकारको सवाल पनि भनेका छन्। ‘यो मानवीयता र मानवअधिकारको सवाल पनि हो’, उनले भनेका छन्, ‘मैले आफूलाई यहाँ सुरक्षित महसुस गर्न सकेको छैन। यो युक्रेनका लागि केही राम्रो गर्ने बेला हो।’

उनले आफू अन्तिम श्वास रहेसम्म युक्रेनका लागि लड्ने पनि बताए। ‘म अन्तिम श्वास लियुन्जेलसम्म युक्रेनका लागि लड्न तयार छु’, उनले भनेका छन्, ‘मैले यहाँ काम गरिरहेको छु। यो बेलामा मैले युक्रेनबाट खाना र सेल्टर पनि पाएको छु।’

उनले आफूलाई युक्रेनले पालेको बताउँदै संकटमा साथ दिने पनि तर्क गरेका छन्। ‘युक्रेनलाई अहिले मेरो सहयोगको आवश्यकता छ’, उनले भनेका छन्, ‘त्यसैले म युक्रेनको लागि लड्दैछु।’

बुधबार सार्वजनिक भएको यो भिडिओबारेमा नेपालका अधिकारीहरुले पुष्टि गरेका छैनन्। युद्ध लड्न तयार भएका यी नेपाली युवालाई त्यहाँबाट उद्धार गरियो गरिएन या सेनामै भर्ना भइसकेको आधिकारिक पुष्टि भएको छैन।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।