सामसुङद्वारा रुसमा फोन र चिप बेच्न बन्द

सामसुङद्वारा रुसमा फोन र चिप बेच्न बन्द

स्मार्टफोन निर्माता सामसुङले ‘वर्तमान भूराजनीतिक अवस्था’ लाई ध्यानमा राख्दै रुसमा आफ्ना फोन र चिप बिक्री बन्द गरेको छ। दक्षिण कोरियाको सामसुङ रुसमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्राण्ड हो। यसपछि सबैभन्दा धेरै बिक्री चीनको शाओमी र अमेरिकाको एप्पलले गरेको छ।

‘यस जटिल अवस्थालाई नियाल्ने छन् र त्यसपछि मात्र निर्णय लिनेछन्,’ कम्पनीले भनेको छ। कम्पनीले रसियामा आफ्ना सामानको बिक्री रोक्नुका साथै युक्रेनमा जारी मानवीय राहत कार्यमा सहयोग गर्न ६० मिलियन डलर सहयोग गर्ने बताएको छ।

यसमा कर्मचारीहरू र इलेक्ट्रोनिक्सबाट संकलन गरिएको पैसा समावेश हुने कम्पनीले बताएको छ। यसअघि शुक्रबार माइक्रोसफ्टले रूसमा आफ्ना सामानको बिक्री रोकेको थियो । हर्मेस, केरिङ र च्यानल जस्ता विलासी सामान बनाउने धेरै फ्रान्सेली कम्पनीहरूले पनि रूसमा आफ्ना पसलहरू बन्द गरेका छन्। यसै क्रममा कार्ल्सबर्ग बियर बनाउने डेनमार्कको कम्पनीले पनि रुसमा निर्यात बन्द गरेको छ।

Europass CV in Nepal

 

Europass CV in Nepal