मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

सामसुङद्वारा रुसमा फोन र चिप बेच्न बन्द

Himali Patrika 1 मिनेट पढाइ

स्मार्टफोन निर्माता सामसुङले ‘वर्तमान भूराजनीतिक अवस्था’ लाई ध्यानमा राख्दै रुसमा आफ्ना फोन र चिप बिक्री बन्द गरेको छ। दक्षिण कोरियाको सामसुङ रुसमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्राण्ड हो। यसपछि सबैभन्दा धेरै बिक्री चीनको शाओमी र अमेरिकाको एप्पलले गरेको छ।

‘यस जटिल अवस्थालाई नियाल्ने छन् र त्यसपछि मात्र निर्णय लिनेछन्,’ कम्पनीले भनेको छ। कम्पनीले रसियामा आफ्ना सामानको बिक्री रोक्नुका साथै युक्रेनमा जारी मानवीय राहत कार्यमा सहयोग गर्न ६० मिलियन डलर सहयोग गर्ने बताएको छ।

यसमा कर्मचारीहरू र इलेक्ट्रोनिक्सबाट संकलन गरिएको पैसा समावेश हुने कम्पनीले बताएको छ। यसअघि शुक्रबार माइक्रोसफ्टले रूसमा आफ्ना सामानको बिक्री रोकेको थियो । हर्मेस, केरिङ र च्यानल जस्ता विलासी सामान बनाउने धेरै फ्रान्सेली कम्पनीहरूले पनि रूसमा आफ्ना पसलहरू बन्द गरेका छन्। यसै क्रममा कार्ल्सबर्ग बियर बनाउने डेनमार्कको कम्पनीले पनि रुसमा निर्यात बन्द गरेको छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।