मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 7 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

नेपालमा अमेरिकाको ‘पुटिन विरोधी’ अभियान

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं, २२ फागुन । अमेरिकाले नेपालमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध अभियान नै चलाएको छ । युक्रेन र युक्रेनी जनतासँगको ऐक्यवद्धता जनाउने भन्दै अमेरिकी राजदूतावास सक्रिय भएर पुटिनविरोधी गतिविधि लगातार चलाइरहेको छ ।

२१ फागुनमा नेपालस्थित अमेरिकी मिसनलाई युक्रेनी राष्ट्रिय झण्डाको रङ्ग देखिनगरी रङ्गिन पारेको थियो । अमेरिकी दूतावासले पुटिनले थोपरेको अनुचित युद्धको विरोधमा अन्तर्राष्ट्रिय समुदाय अभूतपूर्व रुपमा एकजुट भएको उल्लेख गरेको छ ।

यसअघि २० फागुनमा अमेरिकी राजदूत रेन्डी बेरी, मिसन उपप्रमुख मिकल्लेरलगायत अमेरिकी मिसनका सदस्यहरु युक्रेनी जनताप्रतिको ऐक्यवद्धता प्रदर्शन गर्न भेला भएका थिए ।

१९ फागुनमा बौद्धनाथ स्तूपमा अमेरिकी राजदूत रेन्डी बेरी, युक्रेनका लागि अवैतनिक महावाणिज्यदूत किरण वैद्य, नेपालस्थित बेलायत, नर्वे, फिनल्यान्ड, युरोपेली संघ, अष्ट्रेलिया, न्युजिल्यान्ड, स्विट्जरल्यान्ड, जर्मनी, जापान, दक्षिण कोरिया, इजरायलका राजदूतहरु, आइएलओका निर्देशक तथा न्युजिल्यान्ड र लात्भियाका अवैतनिक महावाणिज्य दूतहरु भेला भएर रुसद्वारा युक्रेनमाथिको आक्रमणको विरोध गरेका थिए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।