चीनको मरुभूमिमा नक्कली अमेरिकी युद्धपोत बनाएर युद्ध अभ्यास गर्दै चीन

चीनको मरुभूमिमा नक्कली अमेरिकी युद्धपोत बनाएर युद्ध अभ्यास गर्दै चीन

चिनियाँ सेनाले अमेरिकी जलसेनाको विमानवाहक युद्धपोत तथा युद्धपोतको नक्कली प्रारूप बनाएर त्यसलाई तारो बनाउने युद्ध अभ्यास थालेको युनाइटेड स्टेट्स नेभल इन्स्टिच्युट (यूएसएनआई) ले जानकारी दिएको छ । म्याक्सार भूउपग्रहीय तस्वीरको विश्लेषण गरेर उक्त संसथाले यसको जानकारी दिएको हो ।

सिन्च्याङ प्रान्तमा फोर्ड क्लास विमानवाहक युद्धपोतको प्रारूप तयार पारेको तस्वीरमा देखिन्छ । अनि उसले आर्ले बर्क क्लास गाइडेड मिसाइल डिस्ट्रोयरको आकार पनि ताक्लाकमान मरुभूमिमा बनाएर टार्गेट प्राक्टिस गर्न थालेको देखिन्छ ।

उक्त परिसरमा चीनले पहिलेदेखि नै ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गर्दै आएको छ । ‘यस नयाँ दायराले चीन विमानवाहक युद्धपोतविरुद्धको क्षमता विकासमा जोड दिइरहेको देखिन्छ र उसको जोड अमेरिकी जलसेनाका युद्धपोतमा छ,’ यूएसएनआईले जनायो ।

Europass CV in Nepal

संसारभरिका सेनाले नक्कली प्रारूप बनाएर युद्ध अभ्यास गर्ने गरेका छन् । चीनले सेना तथा सुरक्षामा गरेको विकासका सम्बन्धमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको पछिल्लो आकलन अनुसार बेइजिङले हातहतियार र सैन्य क्षमतालाई द्रुत गतिमा विस्तार गरिरहेको छ ।

Europass CV in Nepal