मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 7 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

तेलको संकटमा परेपछि अमेरिका साउदी अरब र भेनेुजएलाको शरणमा

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । साउदी अरबलाई तेल उत्पादन बढाउन आग्रह गर्न अमेरिकी राष्ट्रपति चाँडै रियाद भ्रमणमा जाने विषयमा अमेरिकी सरकारले विचार गरिरहेको विवरण आएको छ। राजनीतिसम्बन्धी सामग्री प्रकाशन गर्ने अमेरिकी समाचारसंस्था एक्जिअसका अनुसार तेलबारे कुरा गर्न जो बाइडनले वसन्तयाममा साउदी अरबको भ्रमण गर्न सक्छन्।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वभरि उत्पन्न ऊर्जा सङ्कट समाधान गर्न अमेरिकाले सङ्घर्ष गरिरहेको छ। यद्यपि ह्वाइट हाउसका एक प्रवक्ताका अनुसार त्यस्तो भ्रमणबारे कुनै घोषणा हुन लागेको छैन। यसबारे धेरै कुरा “अपरिपक्व अनुमान” भएको उनको भनाइ छ।

अमेरिकी र भेनेजुएलाका अधिकारीहरूबीच पनि तेलमा लागेको प्रतिबन्ध खुकुलो बनाउने विषयमा कुरा भएको विवरण आएको छ। न्यूयोर्क टाइम्सका अनुसार रुसी तेलको ठाउँमा भेनेजुएलामा उत्पादित तेल आए अवस्था सहज हुने सुझाव केही अमेरिकी सांसदहरूको छ।

अहिले अमेरिका आउने हुने कच्चा तेल र पेट्रोलियम पदार्थमध्ये झन्डै १० प्रतिशत रुसबाट आयात हुन्छ। आइतवार अमेरिकी सभामुख न्यान्सी पेलोसीले एउटा विज्ञप्ति जारी गर्दै सांसदहरूले रुसलाई एक्लो पार्न “कडा विधायन” बारे विचार गरिरहेको बताएकी थिइन्। त्यसमा रुसी तेल र ऊर्जासम्बन्धी उत्पादनमाथि प्रतिबन्ध पनि पर्छ।

मौसम परिवर्तनलाई कारण देखाउँदै गत वर्ष बाइडनले क्यानडाबाट अमेरिका आउने तेलको एउटा पाइपलाइन परियोजना कीस्टोन एक्सएल खारेज गरिदिएका थिए।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।