२४ वर्षीया नोबेल पुरस्कार विजेता मलालाले कसिन लगनगाठो

२४ वर्षीया नोबेल पुरस्कार विजेता मलालाले कसिन लगनगाठो

काठमाडौँ । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजईले विवाह गरेकी छिन् । २४ वर्षीया मलालाले मंगलबार बेलायतको बर्मिघंम सहरमा असर मलिकसँग विवाह गरेकी हुन् । उनले समाजिक सञ्जालमा आफू र असरबीच विवाह भएको जानकारी दिएकी छिन् ।

उनले विवाहलाई आफ्नो ‘जीवनकै एक मूल्यवान दिन’ भएको बताएकी छिन् । पारिवारिक जमघटका बीच सानो समारोहमा आफूहरूको विवाह भएको उनले बताएकी छिन् ।

महिला अधिकारकर्मीका रूपमा कार्यरत मलालालाई सन् २०१२ मा तालिबान समूहले टाउकोमा गोली हानेको थियो । त्यसपछि उनलाई उपचारका लागि बेलायतको बर्मिघंम लगिएको थियो । सन् २०१४ मा उनलाई १७ वर्षको उमेरमा नोबेल शान्ति पुरस्कार दिइएको थियो । उनी नोबेल पुरस्कार पाउने अहिलेसम्मकै कम उमेरकी विजेता हुन् ।

Europass CV in Nepal

मलालाका श्रीमान् असर मलिक पाकिस्तान क्रिकेट बोर्डअन्तर्गतको नेसनल हाई परफर्मेन्स सेन्टरमा महाप्रबन्धकका रूपमा कार्यरत छन् । मलालाले पनि विभिन्न अन्तर्वार्तामा आफू क्रिकेटको ठूलो प्रशंसक रहेको बताउँदै आएका छन् । असरले लाहोरस्थित एचिन्स कलेज र लाहोर विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका छन् ।

पाकिस्तान क्रिकेट बोर्डसँग आबद्ध हुनुभन्दा अघि पीएसएल टिम मुल्तान सुल्तान्समा आबद्ध थिए । गत वर्ष मात्रै पीसीबीले पाकिस्तानमा क्रिकेट विकासका लागि नेसनल हाई परफर्मेन्स सेन्टर गठन गरेको थियो । यसको निर्देशकमा पूर्व टेस्ट क्रिकेटर नदीम खानलाई निर्देशक बनाइएको छ ।

Europass CV in Nepal