मात्रै ११ हजार जनसंख्या भएको देशका विदेशमन्त्रीले समुद्रमा भाषण गर्दै दिए विश्वलाई चेतावनी

मात्रै ११ हजार जनसंख्या भएको देशका विदेशमन्त्रीले समुद्रमा भाषण गर्दै दिए विश्वलाई चेतावनी

काठमाडौं। सामाजिक संजालमा एउटा फोटो निकै भाइरल भइरहेको छ । फोटोमा एक व्यक्ति सुटबुटमा समुद्रमा उभिएर भाषण गरिरहेका छन् । यो फोटो सानो देश तुवालुका विदेश मन्त्री साइमन कोफेको हो । तुवालु दक्षिणी प्रशान्त महासागरमा रहेको निकै सानो टापु देश हो जसको जनसंख्या मात्रै ११ हजार छ ।

खासमा कोफेले यस्तो तरिका अपनाएर विश्व र संयुक्त राष्ट्रसंघलाई चेतावनी दिन चाहन्थे । उनले यस्तो गरेर जलवायु परिवर्तन र यसले ल्याउन सक्ने असरहरुलाई बेवास्ता गर्दा यसको परिणाम गम्भीर हुने चेतावनी दिन चाहेका थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनका विषयमा स्कटल्याण्डको ग्लासगोमा आयोजना गरेको कोप २६ सम्मेलनमा उनले यसरी सम्बोधन गरेका थिए ।

कोफेले यो सम्मेलनमा संयुक्त राष्ट्रसंघलाई रेकर्डेड सन्देश पठाएका थिए जसमा उनले समुद्रमा उभिएर सम्बोधन गरेका छन् । कोफे आफ्ना स्टाफको साथमा समुद्र किनार पुगे । पृष्ठभूमिको लागि पर्दा लगाए, अगाडि पोडियम राखे । ट्राउजर घुँडासम्म सारे र पानीमा उभिएर सन्देश रेकर्ड गराए । केही समयमै उनको भिडियो भाइरल भयो ।

Europass CV in Nepal

यो भिडियोको माध्यमबाट उनी विश्वलाई जलवायु परिवर्तनका कारण समुद्रको जलस्तर तीब्र रुपमा बढिरहेको र यसबाट तुवालुजस्ता साना टापु देश पूरै समुल्रमा विलिन हुने खतरा रहेको बताउन चाहेका थिए । उनले विश्वका अन्य देशहरुलाई जलवायु परिवर्तनलाई रोक्न गम्भीर कदम चाल्न सांकेतिक आगह गरेका थिए ।

यो भिडियोलाई तुवालुको सरकारी टेलिभिजन टिभीबीसीले प्रत्यक्ष प्रसारण गरेको थियो । तुवालुको राजधानी फनाफुटीको समुद्र किनारमा यो भिडियो रेकर्ड गरिएको थियो । तुवालुको षेत्रफल मात्रै २५.९ वर्ग किलोमिटर छ र यहाँको जनसंख्या ११ हजार ७९२ छ । यो देशमा कूल ९ वटा टापु छन् । साभार : डिसीनेपालबाट 

Europass CV in Nepal