मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 7 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

जेलेन्स्कीको प्रश्न – पुटिन तिमीले रासायनिक हतियार कहाँ खसाल्ने योजना गर्दै छौ?

Himali Patrika 1 मिनेट पढाइ

रुसले रासायनिक हतियार आक्रमणको योजना बनाएकाे र उसले अरुमाथि आरोप लगाइरहेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्।आफ्नो नियमित सम्बोधनको क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसमाथि रासायनिक वा जैविक हतियार प्रयोगको तयारी गरेको आरोप लगाएका हुन्।

रुसले पछिल्लो केही दिनयता अमेरिकाको सहयोगमा युक्रेनले जैविक हतियार बनाइरहेको आरोप लगाएको छ। सो आरोप अहिलेसम्म पुष्टि भएको छैन र युक्रेन तथा अमेरिकाले कडा रुपमा त्यसको खण्डन गरेका छन्।रुसले युक्रेनमाथि आरोप लगाउँदै त्यसबारे छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आकस्मिक बैठक बोलाउन माग गरेको छ। सो मागअनुसार बैठक शुक्रबार बस्ने भएको छ।

भिडियो सन्देशमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भनेका छन्, ‘हामीले रासायनिक आक्रमणको तयारी गरेको आरोप लागेको छ। रुसले यो आरोप लगाइरहेको छ। यसले मलाई निकै चिन्तित बनाएको छ किनकि रुसको योजना जान्न उसले अरुलाई कस्तो आरोप लगाइरहेको छ भन्ने हेर्नुपर्छ।’‘रासायनिक आक्रमणको आरोप के हो? के तिमीहरु (रुस) ले युक्रेनमाथि रासायनिक आक्रमणको योजना बनाएका छौ?’, उनले भनेका छन्।

जेलेन्स्कीले रुससँग प्रश्न गरेका छन्, ‘के युक्रेनमा एमोनिया, फस्फोरस वा अरु के–के आक्रमणको योजना बनाएका छौ? रासायनिक हतियार कहाँ खसाल्छौ?’उनले भनेका छन्, ‘कुनै पनि रासायनिक वा ठूलो मात्रामा नोक्सानी गर्ने कुनै पनि हतियार हाम्रो भूमिमा प्रयोग हुन दिने छैन।’

बिहीबार ४० हजार मानिसलाई युद्धग्रस्त क्षेत्रबाट सुरक्षित स्थानमा लगिएको पनि राष्ट्रपति जेलेन्स्कीले बताएका छन्।यसैबीच युक्रेनको हवाई सुरक्षा निकायले १० वटा रुसी युद्धक विमान बिहीबार ध्वस्त पारिएको जानकारी दिएको छ। रुसका सु–२५ र सु–३४ विमान ध्वस्त पारिएको युक्रेनी हवाई सुरक्षा निकायले बताएको हाे।

यसैगरी नयाँ स्याटेलाइट तस्बिरका अनुसार रुसी सैनिकहरुले किएभ वरपर आफ्नो तैनाथी पुनः व्यवस्थापन गरिरहेका छन्। उनीहरुले रणनीतिक परिवर्तन गरेको देखिने स्याटेलाइट तस्बिरका विश्लेषकले बताएका छन्।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।