मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 7 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

भारत र पाकिस्तान बीच अत्याधुनिक लडाकु विमान भित्र्याउन प्रतिस्पर्धा

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । पाकिस्तानले हवाई क्षेत्रमा विभिन्र भूमिका निभाउन सक्ने जे-१०सी शुक्रबार आफ्नो वायुसेनामा भित्र्याएको छ। जसका कारण देशको सैन्य शक्ति बढ्ने जनाएकोछ।

यो विमानको पाकिस्तानले चीनबाट किनेको हो। तर कतिको संख्यामा पाकिस्तानले यो विमान भित्र्यायो भन्ने अझै पत्ता लगाउन नसकिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पञ्जाबको अटोक जिल्लामा रहेको वायुसेना बेस मिनहास कामरामा नयाँ लडाकु विमान वायुसेनामा समावेश गर्ने अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए। उनले सो कार्यक्रमलाई सम्बोधन गर्दै भारतले फ्रान्सबाट राफेल लडाकू विमान अझ किन्ने सम्भावना रहेको भन्दै उनले भने दुर्भाग्यवश, यस क्षेत्रमा असंतुलन सिर्जना गर्ने प्रयासहरू भइरहेका छन् र यसलाई सम्बोधन गर्न आज हाम्रो रक्षा प्रणालीमा ठूलो वृद्धि गरिएको बताएका थिए। यस्तै प्रधानमन्त्री खानले करीब ४० वर्षपछि पाकिस्तानले एक ठूलो उपलब्धि गरेको पनि बताएका थिए।

जे-१०सी चाैंथो र ५ औं पुस्ताको लडाकु विमान हो। यो चीन र पाकिस्तानद्धारा स‌ंयुक्तरुपमा विकास गरिएको हल्का लडाकू विमान जेएफ १७ भन्दा धेरै शक्तिशाली रहेको जनाइएको छ।

भारतले राफेल लडाकु विमान खरीद गरेको जवाफमा पाकिस्तानले २५ जे-१०सी विमान खरिद गर्ने पाकिस्तानी गृहमन्त्री शेख राशिद अहमदले गत वर्ष डिसेम्बरमा घोषणा गरेका थिए। यस्तै धेरै सुरक्षा विज्ञहरुका अनुसारपनि पाकिस्तानले खरिद गरेको जे-१०सी लडाकू विमान भारतको राफेल लडाकु विमानको जवाफ हो।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।