मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 7 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

राष्ट्रपति पुटिनलाई युद्ध अपराधी घोषणा

Himali Patrika 1 मिनेट पढाइ

वासिङटन डिसी : अमेरिकी संसदको माथिल्लो सदन सिनेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधी घोषणा गर्ने प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको छ।

अमेरिकी सिनेट भित्रका प्रत्येक पार्टीका सदस्यहरूले हेगको अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट युक्रेनमा आक्रमण गर्ने पुटिनको निर्णयको छानबिनको माग गर्दै प्रस्ताव पारित गरेका छन्।

डेमोक्र्याटिक सिनेटर चक शुमरले मंगलबार मतदान अघिको भाषणमा पुटिनलाई युक्रेनमा भएका ‘अत्याचार’का लागि जिम्मेवार ठहराउनुपर्ने बताए।

बिल पेश गर्ने रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले एक विज्ञप्ति जारी गर्दै भने, ‘हाम्रो अर्को कदम भनेको हाम्रो बेलायती र अन्य सहयोगीहरूसँग मिलेर युद्ध अपराधमा संलग्न रूसी सैन्य एकाइहरू र कमाण्डरहरूको बारेमा सार्वजनिक जानकारी प्रदान गर्ने सूचना सेल सिर्जना गर्ने हो।’ उनीहरूलाई लज्जित गराउने अभियान चलाइने उनले बताए। बीबीसी

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।