मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 7 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

चुनाव हारेपछि सोनियाले हटाइन् सिद्धुसहित कंग्रेसका पाँच प्रदेश प्रमुख

Himali Patrika 1 मिनेट पढाइ

भारतमा कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले पाँच प्रदेशका पार्टी प्रमुखलाई बर्खास्त गरेकी छन्। द हिन्दुका अनुसार हालै विधान सभा चुनाव भएका पाँच राज्यका पार्टी प्रमुखलाई गान्धीले बर्खास्त गरेकी हुन्। चुनावी हारपछि पार्टीलाई पुनर्संरचना गर्न उनीहरूलाई जिम्मेवारीबाट हटाइएको कंग्रेस प्रवक्ता रन्दीप सुर्जेवालाले जानकारी दिए।

बर्खास्त हुनेहरूमा पन्जाबका कंग्रेस प्रमुख नवोजित सिंह सिद्धु, उत्तर प्रदेशका अजयकुमार लल्लु, उत्तराखण्डका गणेश गोधियाल, गोवाका गिरिश चोदानकर र मणिपुरका एन लोकेन सिंह छन्।

क्रिकेटरबाट टिभी सो हुँदै राजनीतिमा आएका सिद्धुले गत जुलाईमा मात्र पार्टी प्रदेश प्रमुखको जिम्मेवारी पाएका थिए।

मार्च १० मा आएको यी पाँच राज्यको विधान सभा चुनावको परिणाममा कंग्रेस सबै राज्यमा पराजित भएको थियो। यो पराजयपछि कंग्रेसभित्र पुनर्संरचनाको माग उठिरहेको छ।

यसअघि गत आइतबार बसेको कंग्रेस आईको सेन्ट्रल वर्किङ कमिटी (सिडब्लुसी) को बैठकले सोनिया गान्धीकै नेतृत्वमा पार्टीले काम गर्ने विश्वास व्यक्त गरेको थियो।

केन्द्रीय समितिका नेताहरूले गान्धीकै नेतृत्वमा काम गर्ने व्यक्त गरेपछि पार्टीले अब छिट्टै चिन्तन शिविर आयोजना गर्ने निर्णय गरेको महासचिव के सी वेणुगोपालले जानकारी दिए। उक्त चिन्तन शिविरमा पार्टीको आगामी मार्गदिशाबारे गहन छलफल हुने बताइएको छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।