पुटिनले दिए परमाणु युद्ध अभ्यासको आदेश, आफ्नो परिवारलाई पठाए गोप्य ठाउँमा

पुटिनले दिए परमाणु युद्ध अभ्यासको आदेश, आफ्नो परिवारलाई पठाए गोप्य ठाउँमा

रुस । युक्रेन लडाइँ परमाणु युद्धतर्फ जानसक्ने आशंका व्यक्त गरिएको छ । मिडिया रिपोर्टका अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई परमाणु युद्ध अभ्यासका लागि आदेश दिएका छन् । सुरक्षाका लागि उनले आफ्नो परिवारलाई साइबेरिया पठाइसकेका छन् ।

हालै मात्र रुसले किन्झल हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको थियो । यो क्षेप्यास्त्र परमाणु र परम्परागत दुवै किसिमका हतियार बोक्न सक्थ्यो । २००० किलोमिटर मारक क्षमताको यो क्षेप्यास्त्र परमाणु बम पनि प्रहार गर्न सक्षम रहेको छ ।
परमाणु युद्धको अभ्यासको आदेश प्राप्त भए लगत्तै क्रेमलिनका अधिकारी तयारी अवस्थामा बसेका छन् । पुटिनको यो निर्णयको नतिजा भयानक हुनसक्ने उल्लेख गरिएको छ । क्रेमलिनका अधिकारीले पुुटिन परमाणु युद्धको तयारीमा खाली गराउने अभ्यासमा भाग लिन सक्ने बताएका छन् ।

रुस–युक्रेन लडाइँको सुरु देखिनै पुटिनले आफ्नो परिवारलाई साइबेरिया पठाएको दावी विभिन्न मिडियामा गरिँदै आएको थियो । यहाँ उनीहरुलाई उच्च प्रविधिको भूमिगत बंकरमा राखिएको बताइएको छ ।

Europass CV in Nepal

पहिलेदेखिनै परमाणु फोर्स अलर्ट

रुसका राष्ट्रपति पुटिनले पहिले पनि आफ्नो परमाणु बललाई हमलाका लागि सतर्क गराइदिएका थिए । युक्रेनलाई परमाणु हमलाको धम्की पनि दिएका थिए । पुटिनले परमाणु कमाण्ड एकाइको बिदा समेत रद्ध गरिदिएका थिए र, उनीहरुलाई हमला तयारी गर्ने आदेश दिएका थिए । यसपछि सबै परमाणु क्षेप्यास्त्र फायरिङ मोडमा राखेका थिए । कर्मचारीलाई स्ट्यान्डबाइमा बस्नका लागि भनिएको थियो ।

झुक्न तयार छैन युक्रेन

२५ दिनपछि पनि युक्रेनले हतियार बिसाएको छैन । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले एक सम्बोधनमा भनेका छन्,‘यो हत्या हो, जानीजानी गरिएको हत्या हो । हामी यसलाई कहिले बिर्सने छैनौ र यसमा समावेश मानिसलाई माफी पनि गर्ने छैनौँ । हामी आफ्नो जमिनमा अत्याचार गर्ने सबै मानिसलाई सजाय दिन्छौ ।’ यद्यपि दुवै देशबीच लडाइ रोक्नका लागि कुराकानी भइरहेको छ ।

यसैबीच जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध रोक्नका लागि प्रत्यक्ष वार्ता गर्ने अपिल गरेको बताएका छन् ।

Europass CV in Nepal