मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 7 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

भारतले सबै अन्तर्राष्ट्रिय उडान खुलायो

Himali Patrika 1 मिनेट पढाइ

नयाँ दिल्ली । कोरोना महामारीका कारण भारतमा पछिल्लो दुई वर्षदेखि बन्द रहेको व्यवसायिक अन्तर्राष्ट्रिय उडान पूर्ण रुपमा खुला गरिएको छ । भारतीय अधिकारीहरूका अनुसार २७ मार्च आइतबारबाट सबै अन्तर्राष्ट्रिय उडानलाई अनुमति दिएको छ ।

अब अन्तर्राष्ट्रिय उडान कोराना महामारीअघिको अवस्था जस्तै नियमित हुनेछन् । भारतले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध खुलाएसँगै निजी कम्पनीका विमान कम्पनीहरुले भारतका विभिन्न सहरबाट टिकटको बुकिङ तथा उडान थालेका छन् ।

कोरोना बढेसँगै सन् २०२० को मार्च २३ बाट भारतले अन्तर्राष्ट्रिय उडान परिचालनमा कडाइ गरेको थियो । त्यसयता एयर बबल सम्झौता भएका देशहरुसँग मात्रै निश्चित संख्यामा उडान हुँदै आएको थियो ।

अब विमानका कर्मचारीले पीपीई किट लाउन नपर्नेसमेत व्यवस्था गरिएको छ । नयाँ निर्देशनमा विमानका सबै सिटमा यात्रु राख्न पाइने भनिएको छ । दिल्ली एयरपोर्टबाट अब ६० भन्दा बढी विदेशी सहरहरुसँगको ‘कनेक्टिभिटी’ सुरु हुने बताइएको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।