विश्वको नजरमा भारत : रुसी विदेशमन्त्री दिल्ली पुग्नु अगावै पश्चिमा अधिकारीहरुको दिल्ली दौड सुरु

विश्वको नजरमा भारत : रुसी विदेशमन्त्री दिल्ली पुग्नु अगावै पश्चिमा अधिकारीहरुको दिल्ली दौड सुरु

एजेन्सी । यतिबेला भारत विश्वको चासोमा परेको छ । रुस र युक्रेनबीच युद्धमा भारत तटस्थ बसेपछि अमेरिका, बेलायतसहित पश्चिमा देशहरुले असन्तुष्टि देखाइरहेका छन् । उनीहरु भारतले युक्रेनमाथि रुसी हमलाको विरोध गरोस् र रुसमाथिको प्रतिबन्धमा साथ देउन् भन्ने चाहिरहेका छन् ।

भारतमाथि दबाब बढाउन अमेरिकी र बेलायती अधिकारीहरु छुट्टाछुट्टै दिल्ली पुगेका छन् ।

१७ चैत्रमा बेलायतकी विदेशमन्त्री लिज ट्रससँग भेटवार्ता गरेका छन् । भेटमा रुसले युक्रेनमाथि हमला गरेपछि भारतको अडानमा परिवर्तनका लागि बेलायती मन्त्रीले प्रयास गरेको खुलेको छ ।

Europass CV in Nepal

हिजै अमेरिकी राष्ट्रिय सुरक्षाका सहायक सल्लाहकार दलिप सिंहले भारतका विदेश सचिव हषवद्र्धन श्रृंगलासँग भेटवार्ता गरे । भेटमा सिंहले चीनले फेरि भारतसँगको सीमामा अतिक्रमण गर्न खोजे रुसले साथ नदिने भन्दै गम्भीर हुन आग्रह गरे । चीन र रुसबीचको सम्बन्धको कुनै सीमा नभएको भन्दै रुसविरुद्धको मोर्चामा उभिन आग्रह गरे ।

मेक्सिकोका विदेशमन्त्री मर्सेलो इब्राड केसाउबन पनि दिल्ली पुगे । उनले १६ चैत्रमा जयशंकरसँग भेटे । सोही दिन जयंशंकरसँग जर्मन चान्लसरका विदेश मामला सल्लाहकार जेन्स प्लोटनरले पनि जयशंकरलाई भेटे ।

बेलायत र अमेरिकी अधिकारीहरुले भारतका अधिकारीहरुसँग भेटेको केही घन्टामै रुसी विदेशमन्त्री सेरगेई लाभरोभ दिल्ली उत्रिएका थिए । १७ चैत्रको राति दिल्ली उत्रिएका लाभरोभले आज भारतका विदेश सचिव एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।

भारतले रुससँग डलरको साटो भारु र रुबलमा कारोबार गर्ने प्रणाली बनाउन थालिरहँदा पश्चिमा उच्च अधिकारीहरु दिल्ली पुगेका हुन् । भारतले रुससँग सस्तो मूल्यमा कच्चा तेल पनि खरिद गर्न थालेको छ । यसलाई लिएर पश्चिमा देशहरुले भारतमाथि दबाब बढाउन थालेका छन् ।

Europass CV in Nepal