मुख्य सामग्रीमा जानुहोस्
Sunday, 4 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

माओबाट देङ हुँदै चीन अब सी चिनफिङको मार्गदर्शनमा, ऐतिहासिक प्रस्ताव पारित

Himali Patrika 1 मिनेट पढाइ

२५ कात्तिक । चीनको कम्युनिस्ट पार्टीको शासनकालमा माओत्से तुङ र देङ स्याओ पिङपछि सी चिनफिङ शक्तिशाली नेता देखिएका छन् । उनले विगतमा माओ र देङले जस्तै ऐतिहासिक प्रस्ताव पारित गराउन सफलता हासिल गरेर शक्तिशाली बनेका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको एक सय वर्ष लामो इतिहासबारे संक्षिप्त वर्णन गरिएको प्रस्तावले प्राप्त मुख्य उपलब्धि र भावी दिशाबारे उल्लेख गरेको छ । यस्तो प्रस्ताव सन् १९४५ मा माओले र सन् १९८१ मा देङले पारित गराएका थिए ।

बिहिबार चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय सम्मेलनबाट प्रस्ताव पारित भएको हो । यो दस्तावेज पारित भएपछि सी चिनफिङलाई माओ र देङको स्तरमा राखिएको छ । अब चिनियाँ कम्युनिस्ट पार्टी सीको विचारधाराबाट लामो समय अगाडि बढ्ने परिस्थिति विकास भएको छ । प्रस्ताव पारित भएसँगै चीन देङको विचारधाराबाट नयाँ युगमा प्रवेश गर्नेछ । अब सी चिनफिङको विचारधाराबाट चीन अगाडि बढ्नेछ ।

विगतमा माओले यस्तै प्रस्ताव पारित गराएर चीनलाई नयाँ यात्रामा बढाएका थिए । त्यसपछि देङले त्यस्तै प्रस्ताव पारित गरी नयाँ यात्राको आरम्भ भएको सन्देश दिएका थिए । अहिले सीले पनि त्यस्तै गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको चार दिने बन्दसत्रमा ३७० उच्च अधिकारीहरु सहभागी थिए । एजेन्सी

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।