मुख्य सामग्रीमा जानुहोस्
Sunday, 4 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

पाकिस्तानलाई स्तब्ध पार्दै अष्ट्रेलिया टी–२० विश्वकपको फाइनलमा

Himali Patrika 1 मिनेट पढाइ

उपाधिको दावेदार मानिएको पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अष्ट्रेलिया टी–२० विश्वकपको फाइनलमा पुगेको छ । अब उसले उपाधिका लागि न्यूजिल्याण्डसँग खेल्नेछ ।

अबुधाबीमा पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले अन्तिम ओभर खेल्नु अघि ५ विकेट गुमाएर भेट्टायो । ९६ रन बनाउँदा ५ विकेट गुमाएको अष्ट्रेलियालाई ४८ बलमा ८१ रन चाहिएको थियो ।

उत्कृष्ट पारी खेलेका म्याथु वेड र मार्कस स्टोइनिसले छैटौं विकेटका लागि अविजित ८१ रनको साझेदारी गरे । त्यसमा पनि निर्णायक १९औं ओभर रह्यो । शाहिन शाह अफ्रिदीले बलिङ गरेको त्यो ओभरको तेस्रो बलमा वेडले जीवनदान पाएका थिए । लगतै चौथो, पाँचौं र छैटौं बलमा लगातार तीन छक्का हान्दै उनले टिमलाई जित दिलाए ।

वेड ४१ र स्टोइनिस ४० बलमा अविजित रहे । डेभिड वार्नरले ४९ रन बनाए ।त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १७६ रन बनाएको थियो । उसका लागि मोहम्मद रिवाजले ६७ र फखार जमानले अविजित ५५ रन जोडेका थिए ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।