भारतले चीन सीमामा ब्राह्मोस क्षेप्यास्त्र तैनाथ गरेपछि ग्लोबल टाइम्सले गर्‍यो कडा टिप्पणी

भारतले चीन सीमामा ब्राह्मोस क्षेप्यास्त्र तैनाथ गरेपछि ग्लोबल टाइम्सले गर्‍यो कडा टिप्पणी

भारत र चीनबीच सीमा तनाव चर्किएको बेलामा भारतले ब्रह्मोस क्षेप्यास्त्र सीमामा तैनाथ गरेको छ । त्यस कार्यले चीनलाई चिढ्याएको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले ब्रह्मोस क्षेप्यास्त्रको तैनाथीका कारण सीमाविवाद शान्तिपूर्ण तरिकाले सुल्झाउन बाधा पुग्ने ग्लोबल टाइम्सले लेखेको छ । साथै ब्रह्मोस बेकार भएको पनि उसले उल्लेख गरेको छ ।

चीन आफैंले भारतीय सीमामा घातक क्षेप्यास्त्रहरू तैनाथ गरेको छ । चीनका सैन्य विशेषज्ञ सोङ चोङपिङले भारतको ब्रह्मोस क्षेप्यास्त्रबाट चीनको सुरक्षालाई खतरा नरहेको बताए ।

चिनियाँ जनमुक्ति सेनाले एयर डिफेन्स क्षमता बढाइरहेको भएर ब्रह्मोस जस्तो सुपरसोनिक क्रुज मिसाइललाई खसाउन सक्ने उनको भनाइ छ । युद्ध शुरू हुँदा चीनले पहिले नै आक्रमण गरेर ब्रह्मोसको मिसाइल साइलो र अन्य सैन्य केन्द्रलाई ध्वस्त पार्ने दाबी पनि उनले गरे ।

Europass CV in Nepal

चीनका अर्का सैन्य विशेषज्ञ छ्यान फङले भारतको ब्रह्मोस क्षेप्यास्त्र तैनाथीबाट कठोर दृष्टिकोण झल्किएको बताए । दुवै पक्षले शान्तिपूर्ण तरिकाले सीमा विवाद सुल्झाउने भने पनि यस्तो तैनाथीले त्यो हुन नदिएको उनले बताए ।

Europass CV in Nepal