मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

हार्दिक पाण्ड्याका ५ करोडका दुईवटा घडी भन्सार विभागले गर्यो जफत

Himali Patrika 1 मिनेट पढाइ

टिम इन्डियाका अलराउन्डर हार्दिक पाण्ड्याका ५ करोडका दुईवटा घडी भन्सार विभागले जफत गरेको छ । भन्सार विभागका अनुसार हार्दिकसँग यो घडीको बिल थिएन र यी घडीलाई उनले आफ्नो सामानको सूचीमा समावेश पनि गरेका थिए । यद्यपि, पाण्ड्याले यी घडीको कूल मूल्य १.८० करोड बताएका छन् । उनका अनुसार एउटा घडीको मूल्य १.४० लाख हो र दोस्रोको ४० हजार हो ।

आइसीसी टी–२० विश्वकपबाट बाहिरिएपछि भारतीय टिम स्वदेश फर्किएको छ । हार्दिक पाण्ड्या पनि आइतबार अबेृर राती टिमसहित नै फर्किएका थिए तर भन्सार विभागले उनलाई रोक्यो र उनका दुईवटा घडी जफत गर्यो । भारतीय सञ्चार माध्यमका अनुसार जफत गरिएका दुबै घडीको मूल्य ५ करोड भारु थियो ।

टी–२० विश्वकपमा हार्दिक पाण्ड्याले आफ्नो खराब फिटनेस र प्रस्तुती दुबैले निराश पारेका थिए । पाँच खेलमा तीन पारीमा पाण्ड्याले ३४.५० को औसतसहित ६९ रन मात्रै बनाएका थिए । पूरा खेलमा उनले चार ओभरको बलिङ मात्रै गरे र एउटा पनि विकेट लिन सकेनन् । सुरुवाती म्याचमा उनको फिटनेसमाथि प्रश्न उठेका थिए । खराब प्रस्तुती र फिटनेसका कारण नै उनलाई न्युजिल्याण्डविरुद्ध घरेलु सिरिजमा पनि उनलाई छानिएको थिएन ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।