जो बाइडेनले ताइवान विषय उठाएपछि शी जिनपिङले भने, ‘आगोसंग नखेल्नुस्’

जो बाइडेनले ताइवान विषय उठाएपछि शी जिनपिङले भने, ‘आगोसंग नखेल्नुस्’

अमेरिकी राष्ट्रपति जो बाइडेन, चिनियाँ राष्ट्रपति शी जिनपिङसँग बहुप्रतिक्षित भर्चुअल बैठकमा छलफल गरिरहेका छन् । यो बैठकमा चिनियाँ राष्ट्रपति शी जिनपिङले चीन अमेरिकासँगको सम्बन्धलाई सकारात्मक दिशामा लैजान तयार भएको बताएका छन् । दुबै नेताले ती क्षेत्रलाई रेखाङ्कित गरे जसमा दुई देशले छलफल गर्न आवश्यक छ ।

बाइडेनले वार्तामा मानवाधिकार र इन्डो प्यासिफिकको मुद्दा पनि उठाए । अन्तराष्ट्रिय संचारमध्यमका अनुसार अमेरिकी राष्ट्रपति जो बाइदेनले ताइवानको विषय उठाउँदा चिनियाँ राष्ट्रपति शी जिनपिङले आगोसंग नखेल्न सुझाव दिएको उल्लेख छ।

यस्तै चिनियाँ राष्ट्रपतिले दुबै नेताले एक–अर्कालाई सम्मान गर्नुपर्ने र स्थिर द्वीपक्षीय सम्बन्धमाथि जोड दिनुपर्ने बताए । चिनियाँ राष्ट्रपतिले आफू ‘पुराना बाइडेन’ लाई देख्न पाउँदा खुसी भएको बताए । यी दुई नेताबीचको यो तेस्रो बैठक हो । शुक्रबार ह्वाइट हाउसले आफ्नो बयानमा दुई नेता चीन र अमेरिकामा जारी होडको प्रबन्धमाथि कुराकानी गर्नेछन् ।

Europass CV in Nepal

साथै साझा हितको विषयमा मिलेर काम गर्नेबारे पनि यी दुई नेताबीच छलफल हुने जानकारी दिएको छ । शी जिनपिङले उक्त बैठकमा दुई देशमा संवाद बढाउन आवश्यक भएको र चुनौतीको सामना सँगै मिलेर गर्न आवश्यक भएको बताए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बाइडेनले भने, ‘सायद मलाई थप औपचारिक तरिकाले सुरु गर्नुपर्छ । यद्यपि, म र तपाईं एक–अर्कासँग खासै औपचारिक भने भएका छैनौं ।’

उनले भने, ‘हामी दुईले एक–अर्कासँग पूरा इमानदारी र स्पष्टताका साथ कुराकानी गरेका छौं । उनले के सोचिरहेका होलान् भनेर हामी कहिल्यै पछि हटेनौँ ।’

पछिल्ला केही महिनामा चीन र अमेरिकाबीच ताइवानसमेत थुप्रै महत्वपूर्ण मुद्दाको विषयमा तनाव बढेको छ ।पूरा संसार कोभिड महामारी र जलवायु परिवर्तनको संकटको चपेटाका परेका बेला शी जिनपिङले दुई देशबीचको सम्बन्धलाई उत्कृष्ट बनाउन आवश्यक भएको बताए ।चिनियाँ राष्ट्रपति शी जिनपिङ पछिल्लो दुई वर्षदेखि चीनबाट बाहिर गएका छैनन् । यहाँसम्म कि उनले जी–२० सम्मेलनमा समेत भाग लिएनन् ।

Europass CV in Nepal