मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

चीनले लामो दुरी उड्न सक्ने रणनीतिक बमवर्षक विमान भारतीय सीमामा पठायो

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । चिनियाँ सेनाले लामो दुरी उड्न सक्ने रणनीतिक बमवर्षक विमान भारतको सीमामा पठाएको छ। आगामी हिँउदमा सीमामा तनाव नबढाउन भारतलाई चेतावनी दिने उदेश्यले चिनियाँ सेनाले एच–६ के बमवर्षक विमान पठाएको विश्लेषकहरुले बताएका छन्।

नोभेम्बर ११ मा पीएलएको ७२ औँ वर्षगाँठ थियो। सोही अवसरमा सरकारी सञ्चारमाध्यम सीसीटीभीले हिमाली भेगमा एच–६के विमान उड्दै गरेको फुटेज प्रसारण गरेको थियो।

सो विमानमा छोटो दुरीमा प्रहार गर्न मिल्ने केडी–६३ क्षेप्यास्त्र जडिएका थिए। बेइजिङस्थित एक सैन्य स्रोतले जनाएअनुसार सो विमान प्रायः सान्सी प्रान्तमा राखिने गरिन्छ। तर, गत वर्षदेखि अस्थायी रुपमा सिन्जियाङ प्रान्त कासगरमा राख्ने गरिएको छ। जुन पीएलएको वेस्टर्न थिएटर कमान्डअन्तर्गत पर्छ। सो कमान्डले भारतसँगको सीमा हेर्ने गर्छ। ‘भारतको सीमामा सो विमान लैजान पीएलएलाई निकै सजिलो छ। किनभने त्यो वेस्टर्न थिएटर कमान्डअन्तर्गत छ,’ स्रोतले भन्यो।

३५ सय किलोमिटरभन्दा टाढा पुगेर युद्धमा सहभागी हुन सक्ने सो विमानले लामो दुरीको सीजे–२० क्रुज क्षेप्यास्त्र र अन्य छोटो दुरीका क्षेप्यास्त्र पनि जमिन र समुद्र दुवै निसानामा प्रहार गर्न सक्छ। मकाओस्थित सैन्य विश्लेषक एन्टोनी वङ तङले पीएलएको कदम भारतका लागि चेतावनी भएको बताए।

‘नयाँ दिल्ली एच–६केको पहुँचभित्र पर्छ,’ वङले भने। तर, सैन्य टिप्पणीकर्ता सङ चोङपिङले पीएलएले भारतीय राजधानीमा होइन, सीमानजिकका भारतीय हवाई अखडा, क्षेप्यास्त्र प्रक्षेपणस्थल र अन्य सैन्य चौकीहरुमा ध्यान केन्द्रित गरेको बताए। एससीएमपी

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।