मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 7 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनको राजिनामाले पुटिन दङ्ग

Himali Patrika 1 मिनेट पढाइ

राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले जोनसनले “वास्तवमै हामीलाई मन पराउँदैनन् र हामी पनि उनलाई मन पराउँदैनौँ” भनेका छन्।

उनले लण्डनमा “संवादमार्फत् निर्णय लिनसक्ने अधिक सूझबुझपूर्ण व्यक्तिहरू” आउने आशा व्यक्त गरे।

यसैबीच रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले सञ्चारकर्मीहरूलाई जोनसन “आफैँले चालेको आफैँलाई प्रत्युत्पादक हुने” कदमको निसानामा परेको बताएकी छन्।

उनले त्यसको नैतिक शिक्षा भनेको “रुसलाई सिध्याउन नखोज्नु” भन्ने रहेको बताइन्। युद्ध सुरु भएदेखि जोनसनसँग नजिकको सम्बन्ध बनाएका युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले जोनसन बहिर्गमनबारे हालसम्म सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन्।

तर उनका सल्लाहकार मिखायो पोडोल्याकले ट्विटरमा “क्षेप्यास्त्र आक्रमणका बावजूद किएभमा आइपुगेका पहिलो व्यक्ति” र “युक्रेनलाई समर्थन गर्न सधैँ अगाडि रहेको” भन्दै जोनसनलाई धन्यवाद दिएका छन्।

यद्यपि धेरैजसो अन्तर्राष्ट्रिय नेताहरूले जोनसनको आसन्न बहिर्गमनलाई सम्बोधन गरेका छैनन्।सम्भवतः उनीहरू त्यो पुष्टि नभएसम्मका लागि पर्खिरहेका छन्।

तर संसारभरिका समाचार संस्थाहरूले ब्रिटेनका नाटकीय राजनीतिक घटनाहरूको खबर दिइरहेका छन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।