मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 7 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

जेलेन्स्कीले गरे नेपालसहित ९ देशका लागि युक्रेनी राजदूतहरू बर्खास्त !

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँग चलिरहेको युद्धको बीचमा ठूलो कदम चालेका छन् । उनले नेपालसहित ९ देशमा रहेका आफ्ना राजदूत वा कूटनैतिक मिसन प्रमुखलाई बर्खास्त गरेका छन् । राजदूत वा कूटनैतिक मिसन प्रमुख हटाइएका देशहरुमा नेपाल बाहेक जर्मनी, श्रीलंका, बंगलादेश, नेपाल, माल्दिभ्स, नर्वे, हंगेरी र चेक रिपब्लिक रहेका छन् ।

युक्रेनका राष्ट्रपतिको वेबसाइटमा जारी गरिएको आदेशलाई उद्धृत गर्दै रेडियो फ्रि युरोप रेडियो लिबर्टीले जनाएअनुसार अनुसार जर्मनीका लागि युक्रेनका राजदूत एन्ड्रि मेल्निकलाई बर्खास्त गरिएको छ । कारबाहीको कारण भने आदेशमा उल्लेख गरिएको छैन । यी राजदूतहरूले अन्यत्र पदस्थापन गर्ने वा नगर्ने भन्ने पनि आदेशमा उल्लेख गरिएको छैन । जेलेन्स्कीले युक्रेनका लागि अन्तर्राष्ट्रिय समर्थन र सैन्य सहायता परिचालन गर्न कूटनीतिज्ञहरूलाई पनि आग्रह गरे।

जेलेन्स्कीले जर्मनी, हंगेरी, नर्वे, चेक रिपब्लिक र भारतका लागि राजदूतहरूलाई बर्खास्त गरे । यसबाहेक नेपाल, बंगलादेश, श्रीलंका र माल्दिभ्सका लागी कूटनैतिक मिसनका प्रमुखलाई पनि बर्खास्त गरिएको छ । नेपाल, बंगलादेश, श्रीलंका र माल्दिभ्समा युक्रेनको अवैतनिक महावाणिज्य दूतावास छ र अरू कामहरू दिल्लीस्थित दूतावासले हेर्ने गर्छ ।

जर्मनीसँग कीभको सम्बन्ध संवेदनशील रहेको छ। जर्मनी रुसी ऊर्जा आपूर्तिमा निर्भर छ, साथै युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको छ। अब क्यानडामा जर्मनीले बनाएको टर्बाइनलाई लिएर दुई देश आमनेसामने भएका छन् । जर्मनीले क्यानडाले रुसी प्राकृतिक ग्यास कम्पनी गाजप्रोमलाई टर्बाइनहरू देओस् भन्ने चाहन्छ। युक्रेनले क्यानडालाई टर्बाइन नदिन आग्रह गर्दै रुसलाई दिएको खण्डमा रूसमाथि लगाइएको प्रतिबन्धको उल्लङ्घन हुने बताएको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसले कब्जा गरेको खेरसन ओब्लास्टका गभर्नर हेनाडी लाहुटालाई पनि हटाएका छन् । राष्ट्रपति भोलोडिमिरले सर्भेन्ट अफ द पीपल पार्टीबाट खेरसन ओब्लास्टको विधायिका सदस्य दिमित्री बुट्रीलाई कार्यवाहक गभर्नरको रूपमा नियुक्त गरे।

संसद्का सभामुख रुस्लान स्टेफानचुकले युक्रेनमा रुसको आक्रमणपछि प्रतिनिधिले आफ्नो कर्तव्य पूरा गर्नुको साटो देश छोडेको विषयमा छानबिन गर्न अस्थायी छानबिन आयोग गठन गरिने बताए ।

माइकोलाइभका मेयर अलेक्जेन्डर सेन्केभिचका अनुसार शनिबार बिहान रुसी सेनाले माइकोलाइभमा छवटा मिसाइल प्रहार गरेको थियो। यस रुसी आक्रमणमा धेरै भवनहरू ध्वस्त भएका थिए। यद्यपी कुनै हताहतको खबर आएको छैन ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।