मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 7 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

प्रदर्शनकारीले श्रीलंका राष्ट्रपति निवासमा डेरा जमाएरै बसे, राजीनामा नआएसम्म बाहिर ननिस्कने

Himali Patrika 1 मिनेट पढाइ

श्रीलंकामा राष्ट्रपति र प्रधानमन्त्रीको घरमा प्रवेश गरेका प्रदर्शनकारीहरू राजीनामा नआएसम्म बाहिर ननिस्कने बताएका छन्। जबसम्म राष्ट्रपति गोटाबाया राजपक्षे र प्रधानमन्त्री रनिल विक्रमसिंघेले पदबाट राजीनामा दिँदैनन् तबसम्म आफूहरू उनीहरूको घरबाट बाहिर ननिस्कने बताएका हुन्।

‘हाम्रो सङ्घर्ष अझै सकिएको छैन। राष्ट्रपति राजापाक्षे र प्रधानमन्त्री विक्रमासिंघेले नहटेसम्म हामी यो सङ्घर्ष अन्त्य गर्दैनौँ,’ विद्यार्थी आन्दोलनकारीका नेता लाहिरू वीरसेकरले एएफपी समाचार संस्थासँग भनेका छन्।

आर्थिक संकटमा फसेको टापु मुलुक श्रीलंकामा महिनौंदेखि राष्ट्रपति र राजापाक्षे सरकारविरूद्ध आन्दोलन गरिरहेका प्रदर्शनकारीहरू शनिबार कोलोम्बोस्थित राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गरेका हुन्।

हजारौंको संख्यामा प्रदर्शनकारीहरूले आफ्नो निवास घेर्नुअघि नै राष्ट्रपति राजापाक्षे भागिसकेका थिए। उनी कहाँ छन् भन्ने अहिलेसम्म खुलाइएको छैन।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनकारीहरू आइतबार दिउँसोको खाना पनि त्यहीँ खाएका थिए।

चरम आर्थिक संकटसँग जुधिरहेका श्रीलंकालीहरूले राष्ट्रपति कार्यालयभित्र जे गरिरहेका छन् त्यसले एकातिर उनीहरू त्यहाँभित्रको सुविधाको उपभोग गरेको देखिन्छ भने अर्कातिर उनीहरूले हास्यास्पद क्रियाकलाप पनि गरेका छन्।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।